चोट लागेका ह्यारी केनको उपचार हुँदै « Khabarhub

चोट लागेका ह्यारी केनको उपचार हुँदै


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टोटेनहम र ईङ्ल्याण्डका फरवार्ड ह्यारी केनले चोट बोकेका छन् । क्लबका अनुसार उनको ह्यामस्ट्रिङ च्यातिएको छ ।

बुधबार साउथह्याम्टनसंग पराजित भएको खेलमा उनले निकै अहसज महशुश गरेका थिए । शुक्रबार प्रशिक्षक जोसे माउरिन्होले आफुले खराब समाचारको आश गर्दै गरेको बताए ।

केन मैदान फर्कने बिषयमा कुनै टुङ्गो लागेको छैन । तर उनी केही साता मैदान बाहिर रहने पक्का भएको छ ।

‘उनी को हुन् भनेर सबैलाई थाहा छ । उनी टिमका लागि कति महत्वपूर्ण छन्, त्यो कुरा प्रशंसक र क्लबले बुझेको छ ।’ माउरिन्होले भनेका छन् ।

‘उनको स्तर, टिमले उनीसंग खेल्दा, खेलको प्रत्येक मिनेटमा उनी नहुँदा हामी सम्झिनेछौ । उनी नखेल्ने कुनैपनि खेलमा हामी उनलाई सम्झिनेछौ ।’ उनले थपेका छन् ।

क्लबले विज्ञप्ति जारी गर्दै केनको ह्यामस्टिङ च्यातिएको पुष्टि गरेको छ ।

‘हाम्रो मेडिकल टोलीले चोटको बिषयमा निरन्तर जाँच गरिरहेको छ । उपचार अगाडी बढिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

केनले देश र क्लबका लागि २७ खेलमा ३१ गोल गरेका थिए ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  ८ : ५२ बजे

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौं– अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि बढाइएका

न्यूयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित

एजेन्सी– सोमबार बिहान न्यूयोर्कको लागार्डिया विमानस्थलमा एक विमान रनवेमा ठोक्किँदा

यस्ता छन् काभ्रेली सांसदसँग नागरिकको अपेक्षा

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नवनिर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी

कालीकोटमा पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

मान्म– नरहरिनाथ गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी कोटबाडालाई पोषणमैत्री स्वास्थ्य संस्था

हर्मुज क्षेत्रमा जहाज आवागमन जारी

एजेन्सी– इरानले हर्मुज क्षेत्र अवरुद्ध नभएको र त्यहाँ जहाज आवागमन