कविता - देश हेर्न निम्तो | Khabarhub Khabarhub

कविता – देश हेर्न निम्तो



हामी सबैलाई स्वागत गर्छौँ
मनले देश हेर्न निम्तो नै गर्छौ !

विश्वका मानिसलाई निम्तो छ !
यो देश मेरो प्रकृति झैँ सुन्दर छ !!
जगतले आँखा लाएको भूमि हो !
विश्वमा विचित्र पहिचान यस्को छ!!

अतिथी त हाम्रा देवता सरह हुन्!
यो देव भूमिमा स्वागत पनि छ!!
मन वचन अनि कर्मलाई मिसाई!
यो देश देखाउने रहर लागेको छ!!

जगतमा कतै र केही सुन्दर कुरा!
हेर्ने चाहना हरेक मनको नि हुन्छ!!
त्यो ठाऊॅ अखण्ड यो राष्ट्र नै हो!
नेपाल भनि जगतले नि चिन्दछ!!

घुम्नलाई आऊ यो मेरो देशमा !
ज्ञानको ढोका पनि खुल्ला छ !!
शिखरको बाटो पुगेर हेर्ने भए !
देशको छाती कति विशाल छ!!

मेची र काली पनि देखाउनलाई !
सारा नेपाली मनदेखि तत्पर छौँ!!
हिमाल,पाहाड हाम्रो तराई सॅधै!
विश्वलाई आतिथ्य नि गाॅस्दछ!!

यो देव भूमिको कैयौ गौरव गाथा !
जगतलाई सुनाउन मन आतुर नै छ!!
कसैको पनि आधिपत्य नभोगेको !
गौरवशाली पहिचान यो देशको छ !!

भिरमा बस्ने भिर मौरीको मह नि काडेर
जीवन हाँस्दै बाच्ने वीर बहादुर नेपाली
उकाली,ओराली र अक्करका भिरहरु
हिँडेर सुशेल्दै गित गाउने असल नेपाली

यो देशको कथा कति हो अनौठो नै छ !
वेदका ऋचा पो मठ मन्दिरमा घन्कन्छ !!
कर्मठ नेपालीहरु पाखुरीको बललाई !
जगतमा पसिनासित पोखेर पनि रम्दछ!!

जलका कलकल पवित्र धारा बगाई देश
उर्जाको शक्तिले धरालाई जगमग पार्छ
धामको लाली बिहानै पोखेर देशलाई नै
चन्द्रले शोभा रातमा हरपल छरि नै रहन्छ

यसैले म भन्छु मेरो नेपाल हेर्नलाई आऊ
नेपालीलाई देश बनाऊ भनेर संदेश देऊ
विकास सृमृद्दि होस यस देशमा नि भनेर
सत्तासिन र जनतालाई सिकाइ नि देऊ !!

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  ९ : १७ बजे

विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

मोरङ – मोरङमा विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

केन्यामा बाढीका कारण दुई सयभन्दा धेरैको मृत्यु

नैरोबी –तान्जानियाका समुद्री तटतर्फ चक्रवात अगाडि बढेसँगै मार्चपछि केन्यामा बाढीसम्बन्धी

खबरहब ब्रिफिङ : उपचुनाव, लगानी सम्मेलन, प्रदूषण, अवहेलना, इन्टरनेट…

काठमाडौं – यो साता (बैशाख १५–२१) नेपालमा महत्वपूर्ण घटनाक्रम विकसित

आगलागीका कारण बझाङमा वायु प्रदूषण उच्च

बझाङ । बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि

आजका समाचार : प्रेस स्वतन्त्रता दिवसदेखि सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राखिनेसम्म

सरकारले साहसिक र जनपक्षीय काम गरेको छ : प्रधानमन्त्री प्रधानमन्त्री