‘गल्छी–रसुवागढी’ सडक योजनाको काम ६० प्रतिशत सम्पन्न « Khabarhub

‘गल्छी–रसुवागढी’ सडक योजनाको काम ६० प्रतिशत सम्पन्न


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाको काम ६० प्रतिशत पूरा भएको छ ।

आयोजनाको काम तीव्र बनाउन नुवाकोटतर्फ मुख्य चुनौती रहेको बेलकोटगढी नगरपालिका–७ स्थित कल्चौडेभिरमा त्रिशूली नदी किनार हुँदै डाइभर्सन बनाएर गाडी आउजाउ नियमित बनाउन लागिएको योजना प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए ।

धादिङको गल्छीदेखि रसुवाको मैलुङसम्म निर्माण भइरहेको सडकको प्रगति उत्साहजनक नभएकाले नदीमा डाइभर्सन बनाएर नियमित काम गर्न लागिएको उनले बताए ।

डाइभर्सन बनाएर नियमित कार्य सञ्चालन गरेर गल्छी हुँदै देवीघाटदेखि गङ्गटेसम्मको २८ किमि सडक तीन महिनामा सम्पन्न गर्ने लक्ष्य छ ।

हाल यस क्षेत्रका तीन स्थानमा एकैसाथ कालोपत्रे गर्ने काम भइरहेको छ । कल्चौडीभिर र बुधसिंहघाट भिरबाहेक अन्य स्थानमा सडक चौडा गर्ने काम सम्पन्न भइसकेको हुँदा लक्ष्यभित्र कालोपत्रे सम्पन्न गर्न सकिने निर्माण व्यवसायीले जनाएको ।

मुआब्जा निर्धारण, विद्युतीय खम्बा स्थानन्तरण, सडकको सीमा निर्धारण, पहिरोलगायतका कारण काम गर्न आएको अवरोध हटाउँदै निरन्तररुपमा योजना अघि बढाएको निर्माण व्यवसायी संस्था तुण्डी कन्सट्रक्सने जनाएको छ ।

पृथ्वी राजमार्गस्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी हुँदै चीनको केरुङ प्रवेशद्वारसम्म जोड्ने ८२ किमि सडक निर्माण २०७३ कात्तिक २२ को मन्त्रिपरिषद् निर्णयअनुसार सोही वर्षको पुसदेखि शुरु भएर विसं २०७८ भित्र पूरा गर्ने लक्ष्य रहेको योजना प्रमुख भण्डारीले जानकारी दिए ।

सडक निर्माणअन्तर्गत ठेकेदार कम्पनीमार्फत भइरहेको ४६ किमिको गल्छीदेखि त्रिशूली हुँदै बेत्रावतीबाट मैलुङसम्मको कार्य कोभेक–टुण्डी–रसुवा कन्स्ट्रक्सनमार्फत भइरहेको छ ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  १० : ०१ बजे

इरान–इजरायल द्वन्द्व : दुबईमा विस्फोट, उड्डयन सेवा प्रभावित

दुबई– मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी

आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागको अनुरोध

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अन्तर्राष्ट्रिय बजारमा देखिएको

नारायणी नदीको कटान रोक्न सुस्तामा तटबन्ध निर्माण

मध्यविन्दु– नारायणी नदीको कटान रोक्न नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गजेन्द्र मोक्षधाम तथा

जीवनको तस्बिर बदलेका उद्यमी भीमबहादुर

झापा– कुनै समय झापाको मेचीनगर–२ भृकुटीका ३२ वर्षीय भीमबहादुर भट्टराईको