केही महिना भित्रै बञ्चरे डाँडामा फोहोर बिसर्जन शुरु हुन्छः मेयर शाक्य « Khabarhub

केही महिना भित्रै बञ्चरे डाँडामा फोहोर बिसर्जन शुरु हुन्छः मेयर शाक्य


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नुवाकोट र धादिङको सीमानामा पर्ने बन्चरे डाँडामा निर्माणधिन स्यानिटरी ल्याण्डफिल्ड साइटमा केहि महिनाभित्र फोहोर बिसर्जन शुरु हुने भएको छ ।

शुक्रबार शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य, ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनसहित उपत्यकाका १८ वटै नगरपालिकाका प्रतिनिधिको टोलीले ल्याण्डफिल्ड साइटको अनुगमनसँगै निर्माणको अवस्था बारे जानकारी लिएका थिए ।

मन्त्री मानन्धरले काठमाडौं उपत्यकालाई सुन्दर सहर निर्माण गर्नका लागि बन्चरेडाँडाको भूमिका निर्विकल्प रहेको भन्दै स्थानीयका गुनासोलाई समेत सम्वोधन गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

अनुगमनकै क्रममा काठमाडौंमहानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सिसडोलमा अल्पकालिन रुपमा फोहोर राख्ने सम्झौता भएपनि १४ वर्षसम्म फोहोर फाल्नु पर्ने बाध्यता भएको भन्दै २०७४ सालमा निर्वाचित भएर आएपछि ककनी गाउँपालिका र धुनीवेशी नगरपालिकाका जनप्रतिनिधि र स्थानीयसँग पटक–पटक छलफल गरी अहिलेको अवस्थासम्म आउन सफल भएको बताए ।

‘पटक–पटकको छलफलपछि हामी अहिले बञ्चरे डाँडामा आधुनिक र वैज्ञानिक ढंगको सेनिटरी ल्याण्डफिल्ड साइड निर्माण गर्ने अवस्थासम्म आएका छौँ,’ मेयर शाक्यले भने, ‘अब यो काम सम्पन्न गर्न काठमाडौंमहानगरपालिका मात्रै होइन उपत्यकाका सबै स्थानीय तहसँगै धादिङ र नुवाकोटको पनि सहयोग आवश्यक छ । संघ र प्रदेश सरकारको पनि उत्तिकै सहयोग आवश्यक छ ।’

मेयर शाक्यले काठमाडौंमुलुककै राजधानी भएको भन्दै फोहोर व्यवस्थापनको समस्या आ–आफ्नो नगरको मात्रै होइन भनेर उपत्यका मेयर फोरम नै बनाएर यसको समाधानका लागि प्रदेश र संघीय सरकारलाई पनि घचघच्याउने काम गरिरहेको बताए ।

‘हाम्रो संयुक्त पहलकै कारण अहिले यो चरणमा आएका छौँ । हाम्रो विशेष पहलपछि नै संघीय सरकारको एक अर्व ५६ करोड सहयोगमा ल्याण्डफिल्ड बनिरहेको छ,’ उनले भने, ‘स्थानीय बासिन्दाका समेत माग र गुनासालाई मध्यजनर गर्दै सरकारले यो ल्याण्डफिल्ड निर्माणको काम थालेको हो । यो निर्माण नहुने हो भने सिसडोल पनि भरिने र त्यहाँ कुनै पनि बेला फोहोरको पैरो गएर थप समस्या हुने अवस्था आउँछ ।’

उनले योजना अनुसार काम भएको छ कि छैन भनेर अनुगमनका लागि आएको समेत बताए ।

‘हामी काठमाडौँको फोहोर व्यवस्थापन मात्रै होइन यहाँका स्थानीयको मागको समेत सम्वोधन गरेर अघि बढ्नुपर्छ भनेर लागिरहेका छौँ,’ मेयर शाक्यले भने, ‘१० वर्ष जति राखेपछि लगानी बोर्डले फायल फिर्ता पठाएको छ । हामी अहिले त्यसको अध्ययन गरिरहेका छौँ । अहिले जहाँसम्म सेक्रिकेसनको कुरा छ । त्यो सम्वन्धमा हामीले अध्ययन गरेपछि कुन ढंगले अघि बढ्ने भन्ने थप योजना बनाउने छौँ ।’

स्थानीय बासिन्दा ल्याण्डफिल्ड साइडको काम समयमा सम्पन्न हुन नसक्दा केही असन्तुष्ट भएको भन्दै उनीहरुको माग जायज भएको उनले बताए ।

‘पहिला सिसडोलमा खाल्टो पुर्ने गरी मात्र फोहार राख्ने भनिएको थियो । तर त्यहाँ फोहोरको पहाड नै बन्यो,’ उनले भने ‘त्यसैले यहाँ हामी सिसडोलमा भएका कमजोरीलाई पनि सच्याएर काम अघि बढाउँछौँ । हामी यहाँका स्थानीयका माग अनुसार रोजगारीका कुरा, स्वास्थ्य विमाका कुरालगायतका विषयलाई पनि ध्यान दिएर अघि बढ्छौँ ।’

मेयर शाक्यले केही महिना भित्रै बञ्चरे डाँडामा फोहोर बिसर्जन गर्ने गरी काम अघि बढेको पनि बताए ।

ललितपुरका मेयर चिरिबाबु महर्जनले पनि समस्या समाधान गर्दै अघि बढ्नु पर्नेमा जोड दिए । मन्त्री र जनप्रतिनिधिसहितको भव्य टोलीसहित बञ्जरे डाँडा पुगेका सञ्चारमाध्ययमसँग केही स्थानीयबासीले भने आफ्ना माग सम्वोधन नभएसम्म काम अघि बढाउन नदिने चेतावनी समेत दिएका थिए ।

आयोजना निर्माणको पहिलो चरणको लागत ३४ करोड ६८ लाख रुपैयाँ रहेको छ । बन्चरेडाँडा स्यानेटरी ल्याण्डफिल्ड साइट निर्माणको लागि सरकारले स्थानीयको कुरीब १७ सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  ११ : ४७ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल