मेलबर्न स्टार्सको टिममा सन्दीपको पुनरागमन « Khabarhub

मेलबर्न स्टार्सको टिममा सन्दीपको पुनरागमन


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलियाको बिग बास क्रिकेट लिग (बीबीएल) मा आज मेलबर्न डर्बीबीचको खेल हुँदैछ । नेपाली समय अनुसार दिउँसो १ बजेर ५५ मिनेटमा शुरु हुने खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले मेलबर्न रेनेगेड्सविरुद्ध खेलमा पुनरागमन गरेका छन् ।

मेबलन स्टार्सबाट बीबीएल खेलिरहेका सन्दीपले इन्जुरीका कारण अघिल्लो सिड्नी थन्डरविरुद्धको खेल गुमाएका थिए । यो खेलमा मेलबर्न ३ विकेटले विजयी भएको थियो ।

यो सिजनमा मेलबर्नको पहिलो रोजाईमा परिरहेका सन्दीपले अहिलेसम्म भएका ५ मध्ये ४ खेल खेलेका छन् । जसमा उनले तीन खेलमा विकेट लिएका छन् । सन्दीपले विकेट कम लिएपनि रनमा भने नियन्त्रण गरिरहेका छन् ।

मेलबर्न ५ खेलमा ४ खेलमा जीत हात पार्दै लिगको अंक तालिकामा शीर्ष स्थानमा छ ।

अघिल्लो सिजनको उपाधिका लागि पनि मेलबर्न डर्बी भिडेका थिए । उक्त खेलमा मेलबर्न स्टार्स रेनेगेड्ससँग १३ रनले पराजित हुँदै उपविजेतामा सिमित भएको थियो ।

स्टार्स आजको खेलमा अघिल्लो सिजनको फाइनलको हारको बदला लिने लक्ष्यमा रहेको छ । मेलबर्न स्टार्सले रेनेगेड्ससँग खेल्ने १३ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  १२ : ३९ बजे

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न