सन्दकपुर क्षेत्रमा पुनः हिमपात | Khabarhub Khabarhub

सन्दकपुर क्षेत्रमा पुनः हिमपात


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन्दुकपुर– जिल्लाको सबैभन्दा उचाइमा रहेको पर्यटकीयस्थल सन्दकपुरमा हिउँ परेको छ । केही दिन अगाडि हिउँ परेको सन्दकपुरमा हिजो बेलुकाबाट पुनः हिउँ झर्न थालेको हो । हिउँ परेपछि जनजीवन प्रभावित भएको छ ।

सन्दकपुर गाउँपालिकाको सन्दकपुर, मेग्मा, जौवारीलगायतका स्थानमा बाक्लो हिउँ झरेको स्थानीयवासी दिनेश ढकालले बताए । मौसममा अचानक परिवर्तन भएर हिमपात भएपछि किसानलाई समस्या भएको छ ।

तीन हजार ६३६ मिटर उचाइमा रहेको सन्दकपुर र आसपासमा हिउँ परेपछि मानिस मात्र होइन, पशु चौपायलाई समेत समस्या आएको उनले बताए । सन्दकपुर र आसपासमा परेको हिउँको प्रभावले सदरमुकामलगायत जिल्लाभर नै जाडो बढेको छ ।

सन्दकपुर क्षेत्रमा हिमपात भएसँगै हिउँ खेल्ने पर्यटक सो क्षेत्रमा जान थालेका छन् । विशेषगरी भारतबाट बढी पर्यटक सो क्षेत्रमा आउने गर्दछन् । सन्दकपुर भारतसँग सीमा जोडिएको क्षेत्र हो । यहाँ नेपाल तर्फबाट भन्दा बढी भारत, बङ्गलादेशलगायत तेस्रो मुलुकबाट समेत पर्यटकको चहलपहल हुने गरेको छ ।

उच्च पहाडी क्षेत्रमा हिमपात परेको छ भने जिल्लाका अन्य स्थानमा पानी परेको छ । पानी परेपछि जाडो बढेको छ । तर खेती किसानी गर्नेलाई भने पानीले राहत दिलाएको छ ।

सडकमा भएको धुलो मरेर यात्रामा भने सहजता थपेको इलाम नगरपालिका–५ बरबोटेका हेमन्त गौतमले बताउनुभयो । पानीले किसानले लगाएको अलैँची, आलुलगायत खाद्यान्न तथा नगदेबालीलाई भने राम्रो भएको छ ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  २ : ५० बजे

इटहरीमा हुँदै ‘इस्टर्न टुरिजम मार्ट’, कोशीको पर्यटन उक्सिने विश्वास

काठमाडौं- कोभिड महामारीपछि थलिएको पूर्वी नेपालको पर्यटनलाई उकास्ने उद्देश्यले इटहरीमा

प्रतिनिधिसभा बैठक : हेमोफिलियाको औषधि एन्टि–हेमोफिलिक फ्याक्टरको व्यवस्था गर्न माग

काठमाडौं– नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले हेमोफिलिया रोगीले प्रयोग गर्नुपर्ने

‘कुल ब्वाइ’ : पिताको शोकले रोकियो विदेशको पढाइ, टिकटकबाट उदाएर बने हिरो !

काठमाडौं – पारस बम ‘कुल ब्वाइ’ उपनामले परिचित छन् ।

उपप्रमुख डंगोलको अध्यक्षतामा फार्मेसी सञ्चालन व्यवस्थापन समितिको बैठक 

काठमाडौं– सुलभ फार्मेसीअन्तर्गत विक्री गरिने औषधिको प्रकार र मात्रा अध्ययन

बङ्क–नायल–बुडर सडक कालोपत्रको काम अगाडि बढाउने प्रतिबद्धता

कञ्चनपुर– बङ्क–नायल–बुडर सडक कालोपत्र गर्ने ठेक्का भएको चार वर्षपछि मात्रै