सन्दकपुर क्षेत्रमा पुनः हिमपात « Khabarhub

सन्दकपुर क्षेत्रमा पुनः हिमपात


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन्दुकपुर– जिल्लाको सबैभन्दा उचाइमा रहेको पर्यटकीयस्थल सन्दकपुरमा हिउँ परेको छ । केही दिन अगाडि हिउँ परेको सन्दकपुरमा हिजो बेलुकाबाट पुनः हिउँ झर्न थालेको हो । हिउँ परेपछि जनजीवन प्रभावित भएको छ ।

सन्दकपुर गाउँपालिकाको सन्दकपुर, मेग्मा, जौवारीलगायतका स्थानमा बाक्लो हिउँ झरेको स्थानीयवासी दिनेश ढकालले बताए । मौसममा अचानक परिवर्तन भएर हिमपात भएपछि किसानलाई समस्या भएको छ ।

तीन हजार ६३६ मिटर उचाइमा रहेको सन्दकपुर र आसपासमा हिउँ परेपछि मानिस मात्र होइन, पशु चौपायलाई समेत समस्या आएको उनले बताए । सन्दकपुर र आसपासमा परेको हिउँको प्रभावले सदरमुकामलगायत जिल्लाभर नै जाडो बढेको छ ।

सन्दकपुर क्षेत्रमा हिमपात भएसँगै हिउँ खेल्ने पर्यटक सो क्षेत्रमा जान थालेका छन् । विशेषगरी भारतबाट बढी पर्यटक सो क्षेत्रमा आउने गर्दछन् । सन्दकपुर भारतसँग सीमा जोडिएको क्षेत्र हो । यहाँ नेपाल तर्फबाट भन्दा बढी भारत, बङ्गलादेशलगायत तेस्रो मुलुकबाट समेत पर्यटकको चहलपहल हुने गरेको छ ।

उच्च पहाडी क्षेत्रमा हिमपात परेको छ भने जिल्लाका अन्य स्थानमा पानी परेको छ । पानी परेपछि जाडो बढेको छ । तर खेती किसानी गर्नेलाई भने पानीले राहत दिलाएको छ ।

सडकमा भएको धुलो मरेर यात्रामा भने सहजता थपेको इलाम नगरपालिका–५ बरबोटेका हेमन्त गौतमले बताउनुभयो । पानीले किसानले लगाएको अलैँची, आलुलगायत खाद्यान्न तथा नगदेबालीलाई भने राम्रो भएको छ ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  २ : ५० बजे

किन लेबनानका पुललाई निसाना बनाउँदै छ इजरायल ?

बेरुत – इजरायली सेनाले दक्षिणी लेबनानका महत्त्वपूर्ण भौतिक पूर्वाधार र

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित

महोत्तरी– बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा ६ करोड भन्दा

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

बाँके– बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता

बालेन सरकारको चुनौती : पुराना नेताको सम्पत्ति छानबिन होला ?

काठमाडौँ– यही चैत १३ गते रामनवमीको दिन बालेन्द्र शाह ‘बालेन’को

बुवाआमाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माध्यमिक विद्यालयमा