अस्ट्रेलियामा सन्दीपको उत्कृष्ट प्रदर्शन, लिए ३ विकेट « Khabarhub

अस्ट्रेलियामा सन्दीपको उत्कृष्ट प्रदर्शन, लिए ३ विकेट


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली लेगस्पिनर सन्दीप लामिछानले अस्ट्रेलियामा जारी बिग बास लिग क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।

शनिवार भएको खेलमा मेलबन रेनिङगार्डसविरुद्ध सन्दीपले तीन विकेट हात पारेका हुन् । उनले ४ ओभरमा २६ रन खर्चिएर ३ विकेट हात पारे ।

पहिलो र दोस्रो ओभरमा विकेटविहीन हुँदै १९ रन खर्चिएका सन्दीपे तेस्रो र चौथो ओभरमा तीन विकेट लिएका थिए । तेस्रो ओभरमा २ विकेट हात पारेका सन्दीपले आफ्नो स्पेलको अन्तिम तथा चौथो ओभर पनि विकेट विहीन बन्नु परेन ।

चौथो ओभर लिएर सन्दीप १७ औं ओभमा आएका थिए । पहिलोदेखि तेस्रो बलसम्म एक एक रन खर्चिएका सन्दीपले चौथो र पाँचौं बल डट राखे ।

छैटौं बलमा टोम कुपरलाई आउट गर्दै व्यक्तिगत तेस्रो सफलता हात पारे । उनले चौथो ओभरमा तीन रन दिएर १ विकेट लिएका हुन् ।
सन्दीपले ४३ रन बनाएर खेलिरहेका सहुन मार्सलाई क्याच आउट गराए भने ड्यानिएल क्रिस्टियनलाई शून्य रनमै पेभिलियन फर्काए ।

१५औँ आभेरमा तेस्रो ओभर बलिङ गर्न आएका उनले मार्सलाई ओभरको तेस्रो बलमा बाउन्ड्री लाइनमा क्याच आउट गराएका हुन् ।

त्यस्तै चौँथो बलमा १ रन मात्र खर्चिएका उने पाँचौँ बलमा क्रिस्टियनलाई एलबीडब्लू धरापमा पारे। उनले अन्तिम विकट भने उनको व्यक्तिगत अन्तिम ओभरको अन्तिम बलमा टीम कुपरलाई आउट गरेका हुन् । उनले अन्तिम ओभरमा तीन रनमात्र खर्चिएर एक विकेट लिएका हुन् ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  ३ : ३२ बजे

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न