अर्थशास्त्रीहरुको पेशागत संगठन ‘नेपाल आर्थिक संघ’को अध्यक्षमा डा प्याकुर्‍याल चयन « Khabarhub

अर्थशास्त्रीहरुको पेशागत संगठन ‘नेपाल आर्थिक संघ’को अध्यक्षमा डा प्याकुर्‍याल चयन


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थशास्त्रीहरुको पेशागत संगठन नेपाल आर्थिक संघमा नयाँ कार्यसमिति चयन भएको छ ।

शनिवार राजधानीमा सम्पन्न संघको २९औं वार्षिक साधारण सभाले आगामी ३ वर्षका लागि १७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

नेपालका वरिष्ठ अर्थशास्त्रीहरु, संघका साधारण सदस्य तथा आजिवन सदस्यको सहभागिता भएको भेलाले वरिष्ठ अर्थशास्त्री प्राध्यापक डाक्टर विश्वम्भर प्याकु¥याल अध्यक्षतामा आगामी ३ वर्षका लागि १७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

नेपालका अर्थशास्त्रीहरुको एकमात्र पेशागत संगठन ‘नेपाल आर्थिक संघ नेपाल’ आर्थिक क्षेत्रका विभिन्न नीतिगत तथा अनुसन्धानमुलक कार्यमा संलग्न हुँदै आएको छ ।

संघले नेपाल सरकारलाई खास गरी बजेट निर्माण तथा अन्य आर्थिक नीति निर्माण सम्बन्धमा समय समयमा स्वतन्त्र रुपले परामर्श दिँदै आएको संघका नव निर्वाचित महासचिव गोपाल तिवारीले बताए ।

वार्षिक भेलालाई सम्बोधन गर्दै श्रीलंकाका लागि नेपालका पूर्व राजदूत वरिष्ठ अर्थशास्त्री डाक्टर विश्वम्भर प्याकुरेलले संघले युवा अर्थशास्त्रीहरुलाई आर्थिक नीति तथा कार्यविधिहरुमा नयाँ दृष्टिकोणसहित पेश हुन सक्ने बनाउने विश्वास व्यक्त गरे ।

वरिष्ठ अर्थशास्त्रीको अनुभव र नयाँ पुस्ताको भिजन तथा उर्जाले नेपालको आर्थिक क्षेत्रमा उल्लेख्य टेवा दिन सक्ने र त्यसको आधार स्तम्भको रुपमा संघलाई परिचालित गरिने कुरा समेत उनले व्यक्त गरे ।

“संघ नयाँ पुस्तालाई आर्थिक नीति तर्जुमादेखि कार्यान्वयन सम्मका कार्यमा सरकार तथा विकासका सहयात्रीहरुलाई तयार गर्ने स्वतन्त्र पेशागत संगठनको रुपमा विकास गरिने छ,” नवनिर्वाचित अध्यक्ष प्याकुर्‍यालले भने ।

आगामी कार्यक्रमका रुपमा देशका सातै प्रान्तमा राष्ट्रिय आर्थिक मुद्दाहरु तथा वित्तिय संघीयता सम्बन्धी विषयहरुमा प्रान्तस्तरीय संवादहरु सञ्चालन गर्ने कार्यक्रम रहेको तथा राष्ट्रिय तहमा अनुसन्धान सम्मेलन गरिने कुरा संघका नवनिर्वाचित महासचिव तिवारीले बताए ।

संघका अध्यक्ष प्रा.डा प्याकुर्‍यालले नेपाल आर्थिक संघले राष्ट्रिय बजेट तथा सरकारले तोकेका अन्य प्राथमिकताका क्षेत्रमा नीति निर्माण सम्बन्धमा स्वतन्त्र राय दिने कार्यलाई निरन्तरता दिइने समेत बताए ।

कार्यक्रममा सहभागीहरुले संघ दरिलो थिंक ट्याङ्कको रुपमा विकसित हुँदै गइरहेको तथा यसको साख विस्तार हुँदै गइरहेको अवस्थामा यसका गतिविधिले विशेष महत्व राख्ने भएकोले नयाँ कार्य समितिले उक्त साख विस्तारका लागि थप चनाखो र सक्रिय भएर लाग्नु पर्ने बताए ।

संघको नवनिर्वाचित कार्य समितिमा प्रा.डा. विश्वम्भर प्याकुर्या‍ल अध्यक्ष, डा. भवानी ढुंगाना वरिष्ठ उपाध्यक्ष, प्रा. डा. गोविन्द नेपाल उपाध्यक्ष, गोपाल प्रसाद तिवारी महासचिव, डा. खोमराज खरेल सचिव र प्रा. डा. शान्ता सिंह कोषाध्यक्ष रहेका छन् ।

अन्य कार्यसमिति सदस्यहरुमा प्रा.डा. विजय श्रेष्ठ, प्रा.डा केशवराज खड्का, केशव प्रसाद आचार्य, डा पोष राज पाण्डे, प्रा.डा शिव राज अधिकारी, प्रा.डा. माधव प्रसाद दाहाल, डा मणिकुमार नेपाल, डा. यादव मणि उपाध्याय, नविन अधिकारी तथा जमुना श्रेष्ठ रहेका छन् । साथै संघमा त्रि.वि. केन्द्रीय अर्थशास्त्र विभाग प्रमुख प्रा.डा. कुसुम शाक्य पदेन सदस्य रहेका छन् ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  ३ : ५० बजे

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं– सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम्

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारी

बागमती– बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितबाट मुआब्जा माग

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका– १३ बेलवासका स्थानीयले

साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या

काठमाडौं– एसियाली विकास बैंक (एडीबी) को सहयोगमा पुनर्निर्माण भएका थापाथली