प्रहरीले भत्काइयो पन्ध्र छाउगोठ « Khabarhub

प्रहरीले भत्काइयो पन्ध्र छाउगोठ


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालिकोट– छाउपडी प्रथा अन्त्य गर्न विभिन्न सङ्घसंस्था लागिपरे पनि कालिकोटको नरहरिनाथ गाउँपालिकामा छाउपडी प्रथा न्यूनीकरण गर्न नसकिएको रहश्य बाहिरिएपछि जिल्ला प्रहरी कार्यालय कालिकोटको टोलीले छाउगोठ भत्काउँदै आएको छ ।

बिहीबारदेखि छाउगोठ भत्काउने अभियान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए । उनका अनुसार महिला रजस्वला हुँदा बेला–बेला प्रयोगमा आउने गोठ स्थानीय तहका जनप्रतिनिधि, भद्रभलाद्मी, स्थानीयवासीलगायतको उपस्थिति र सक्रियतामा भत्काइएको जनाउँदै महिलामाथि हुने विभिन्न किसिमका दुव्र्यवहार र हिंसाजन्य घटनाबाट बचाउन र महिलाको स्वास्थ्य तथा शारिरीक अवस्थालाई मध्यनजर गर्दै छाउगोठ भत्काएको बताए ।

बिहीबारदेखि शुरु गरिएको अभियानमा १५ छाउगोठ भत्काएको छ । छाउगोठ भत्काउँदा छाउगोठमा बस्दै आएका महिला धेरै हर्षित भएका छन् । नरहरिनाथ गाउँपालिका–३ का चन्द्रा सुनारले भनिन् “पहिला छाउगोठमा बस्दा धेरै रोगहरुले सङ्क्रमण गरे, आफ्नो स्वास्थ्य कमजोर हुँदै गयो । तर अहिले छाउगोठ नै भत्काएपछि हामीलाई छाउगोठ प्यारो लाग्न छाडेको छ । छाउगोड भत्किनु भनेको हामीले नयाँ जिन्दगी पाउनु हो ।”

यस्तै नरहरिनाथ गाउँपालिकाका धुवा बुढाले छाउ हुनुभन्दा पहिल्यै छाउगोठ कुरेर बस्ने दिन गए, अब सरसफाइ गरेर घरमै बस्ने हो, पोषिला खानेकुरा खाने बताउँदै छाउगोठ भत्किँदा हर्षित भएको जनाइन्। नरहरिनाथ गाउँपालिकाभित्र बसोबास गर्ने तीन हजार ९१० घरधुरी नै छाउगोठमुक्त भइसकेका छन् । गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले भन्नुभयो, “सिङ्गो गाउँपालिकाभित्र रहेका छाउगोठ अन्त्य गर्ने र महिला रजस्वला हुँदा स्वास्थ्यमा हेरचाह गर्नेजस्ता कार्यक्रम पालिकाले निरन्तर ल्याइरहने बताउनुभएको छ । अध्यक्ष विष्टले १५ मात्र छाउगोठ होइनन्, यस पालिकाभित्र लुकेर रहेका अन्य छाउगोठ खोजी खोजी नष्ट गर्ने जनाए ।
–––

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  ७ : ०८ बजे

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली