प्रदेश ३ को नाम र राजधानी आगामी प्रदेशसभा बैठकले पारित गर्ने निर्णय « Khabarhub

प्रदेश ३ को नाम र राजधानी आगामी प्रदेशसभा बैठकले पारित गर्ने निर्णय


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं ३ को संसदीय दलले आगामी प्रदेशसभा बैठकले राजधानीको नाम र स्थानको विषय पारित गर्ने निर्णय गरेको छ ।

प्रदेशसभाको बैठक यही पुस २१ गते बस्दैछ ।

नेकपा सचिवालय बैठकले स्थायी राजधानी हेटौँडा र नाम वाग्मती राख्ने निर्णय गरेको थियो ।

प्रदेश नं ३ का मुख्यमन्त्री निवासमा शनिवार बसेको दलको बैठकमा राजधानीको नाम र स्थान सहमतिमै टुङ्ग्याउनुपर्ने धारणा आएको प्रमुख सचेतक रामेश्वर फुयाँलले जानकारी दिए ।

सबैको भावनाको कदर गर्दै प्रक्रियाअनुसार नै राजधानी र नाम टुङ्ग्याइने उनले बताए ।

पार्टीले गरेको निर्णय नै अन्तिम निर्णय हुने र सांसदहरुले यसैअनुरुप सहमति जनाउने प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले जानकारी दिए ।

प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले हालसम्म आफूहरुलाई पार्टीको सर्कुलर प्राप्त नभएको बताए ।

प्रदेशसभा सदस्य विनोद खड्काले प्रदेशको नाम वाग्मती र स्थान हेटौँडालाई अनुमोदनका लागि संसदीय दलको बैठक बसेको जानकारी दिँदै आगामी बैठकमा निर्णय पारित हुने जानकारी दिए ।

प्रदेशसभा सदस्य दीपक निरौलाले पार्टीको निर्णयानुसार नै राजधानीको नाम र स्थानमा आफूहरु उभिएको धारणा व्यक्त गरे ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  ७ : ५८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको