तथ्य र प्रमाणका आधारमा सीमा विवाद समाधान हुन्छ– नेता नेपाल | Khabarhub Khabarhub

तथ्य र प्रमाणका आधारमा सीमा विवाद समाधान हुन्छ– नेता नेपाल


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

कञ्चनपुर– नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको आर्थिक विकास र समृद्धिका लागि जलस्रोत र पर्यटन मेरुदण्ड भएको बताएका छन् ।

भ्रमण वर्ष–२०२० का अवसरमा शनिवार कञ्चनपुरको बेदकोट नगरपालिकाले पर्यटकीयस्थल बेदकोट ताल क्षेत्रमा आयोजना गरेको स्थानीय जनप्रतिनिधिबीच अनुभव आदानप्रदान कार्यक्रममा नेता नेपालले भने, “मुलुकको विकास र समृद्धिका लागि कृषि आधारस्तम्भको रुपमा तथा जलस्रोत र पर्यटन मेरुदण्डका रुपमा रहेका छन् ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले पर्यटन प्रवद्र्धनका लागि यसअघिका सरकारले पनि पहल गर्दै आएको उल्लेख गर्दै पर्यटकीय हिसाबले विशाल सम्भावना रहेको नेपालमा त्यसको गहन अध्ययन र खोजी सरकारी तबरबाट हुन नसकेको बताए ।

“पर्यटककै राय सुझाव सङ्कलन गरेर पर्यटकलाई कसरी आर्कषित गर्न सकिन्छ भनेर गहिरो अध्ययन भएको छैन”, उनले भने “एक राम्रो पर्यटक मुलुकमा भित्रिए तीन जनाको जीवनयापन हुनसक्छ ।”

नेता नेपालले वर्तमान सरकारले भ्रमण वर्ष २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउन लागि परेको बताउँदै पर्यटकलाई आकर्षित गर्ने विषयमा पनि जानकार हुनुपर्ने बताए । “सन् २०११ मा म प्रधानमन्त्री हुँदा पनि भ्रमण वर्ष मनाएका थियौँ”, उनले भने, “छिमेकी मुलुकबाट पनि यहाँ धेरै पर्यटक भित्रिन सक्छन् ।”

नेता नेपालले सीमा विवादबारे भारतसित तथ्य र प्रमाणका आधारमा कुरा भएर उक्त विषय छिनोफानो हुनेमा आफू आशावादी रहेको बताए । सीमा विवाद समाधानका लागि सबै पक्ष गम्भीर बन्नु पर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  ९ : ५० बजे

प्रधानमन्त्री कप पुरुष क्रिकेट आजदेखि लुम्बिनीमा हुँदै

बुटवल– नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आजदेखि प्रधानमन्त्री कप

च्याम्पियन्स ट्रफी फाइनल : भारत र न्युजिल्यान्डको भिडन्त आज

काठमाडौं – आइतबार हुने च्याम्पियन्स ट्रफीको फाइनलमा भारत र न्युजिल्यान्ड

पुल निर्माण भएपछि पदमार्गमा आउने पर्यटकलाई सहज

म्याग्दी– धवलागिरि गाउँपालिका– ३ मुनाको बाङखोलामा पुल निर्माण भएपछि बर्खायाममा

दुई पालिकालाई कृषि एम्बुलेन्स सहयोग

तनहुँ– सूर्य नेपाल प्रालिले तनहुँका दुई पालिकालाई कृषि एम्बुलेन्स सहयोग

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल