हिँउ हटाइएपछि सात जिल्ला जोड्ने भीमदत्त राजमार्ग खुला « Khabarhub

हिँउ हटाइएपछि सात जिल्ला जोड्ने भीमदत्त राजमार्ग खुला


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमरगढी– हिमपातका कारण अवरुद्ध भएको भीमदत्त राजमार्ग ३८ घण्टापछि सञ्चालनमा आएको छ । बिहीबार साँझदेखि अवरुद्ध भएको सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने मुख्य भीमदत्त राजमार्ग शनिवार देखि सञ्चालनमा आएको हो ।

हिमपातका कारण राजमार्ग अवरुद्ध हुँदा यहाँका सात पहाडी जिल्ला डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, अछाम, बाजुरा र डोटीको यातायात सेवा पूर्णरूपमा ठप्प भएको थियो । सयौँ यात्रु अलपत्रमा परेका थिए ।

सडक डिभिजन कार्यालय, अमरगढी नगरपालिका, आलिताल, अजयमेरु र गन्यापधुरा गाउँपालिकाको डोजर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा राजमार्गका सडकमा रहेको हिउँ हटाइएको थियो । मध्याह्नदेखि एकतर्फीरूपमा यातायात सञ्चालनमा आएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए ।

हिमपातका कारण डोटीको गैरा, डडेल्धुराको हगुल्टे क्षेत्रमा अलपत्रमा परेका सवारीसाधन अहिले राजमार्ग सञ्चालन भएपछि आआफ्नो गन्तव्यतिर लागिरहेका छन् । भीमदत्त राजमार्गको मेलखर्क, हगुल्डे, साहुँखर्क बजारलगायत डोटीको गैरा क्षेत्रमा करिब तीन फिट बाक्लो हिउँ जमेका कारण राजमार्ग अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  ८ : ५२ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल