हामी दोस्रो वर्षमा « Khabarhub

हामी दोस्रो वर्षमा


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

खबरहब आजबाट दोस्रो वर्षमा प्रवेश गरेको छ। द्रुत रुपमा विकसित भइरहेको डिजिटल युगको माग पूरा गर्ने, डिजिटल समाचारको अपरिहार्यतालाई पूरा गर्ने दौरानमा एक वर्षे यात्रालाई हामीले ठूलो अनुभवका रुपमा लिएका छौं।

हामीले जुन उत्साह, योजना र लगानीका साथ नेपाली डिजिटल मिडियामा एउटा नयाँ शुरुवात गरेका थियौं, त्यसको सफलता परिणामबाटै सिद्ध गर्न सफल भएका छौं। हामीले यो यात्राको समग्र समीक्षा गर्दै स्पष्ट योजना र नीतिका साथ हामी प्रगतिशील भविष्यतर्फ लम्कने प्रण गर्दछौं।

एक वर्षे यात्रा हाम्रो लागि लामो यात्राका लागि अनुभव र सिकाईको पूँजीका रुपमा रहेको छ। यो एक वर्षमा अनलाइन पत्रकारितामा खबरहब सशक्त माध्यमको रूपमा उदाइसकेको छ। एक वर्षे यात्रा हामीले चुनौतीलाई अवसरमा मात्र बदलेका छैनौं बरु छोटो समयमै प्राप्त गरेको ख्याति भनेकै समस्त पाठकहरुको विश्वास जित्न सफल भएका छौं।

तपाईंहरुको विश्वास नै हाम्रो सम्पति हो। हाम्रो सफलताको श्रेय तपाईं पाठकहरुमै जान्छ। अनलाइन पत्रकारिता अब मुलधारमा उदाइसकेको छ । खबरहब अनलाइन समाचारहरुको भीडमा छुट्टै स्थान बनाउन सफल भएको हाम्रो ठम्याइ छ। एक वर्षे यात्राको फेहरिस्त तपाईंहरुसामु छर्लङै छ । हाम्रो आकार, प्रतिष्ठा र व्यापारले नै यसको मूल्यांकन गर्दछ भन्ने हामीलाई लाग्दछ।

निष्पक्ष, स्वतन्त्र, सन्तुलित र निर्भिकतापूर्वक समाचार सामग्री प्रवाह गर्ने दायित्वबाट हामी कदापि विचलित हुने छैनौं । हामीलाई लाग्छ हाम्रो आफ्नै पहिचान र स्थान बनिसकेको छ । हामी आत्मप्रशंसामा शब्द खर्चदैनौं किनकी हामीले सिक्नुपर्ने पाटाहरु धेरै छन्। हामी हाम्रो सामग्रीहरुमा मात्र थप विविधता ल्याउनेछौं।

लोकतान्त्रिक व्यवस्था र नेपाली मौलिक सभ्यतामा देखिएका चिन्ताजनक खतराहरुबारे हामी अवगत नै छौं। बहिष्कृत व्यवस्था र पद्धतिको पुनरावृत्ति हामी सोच्न पनि सक्दैनौं। लोकतान्त्रिक गणतन्त्रको मर्मलाई कुल्चने र लोकतान्त्रिक व्यवस्था विरोधी अधिनायकवादी प्रवृत्ति, गणतन्त्र विरोधी, अतिवाद, जातीय, धार्मिक र सांस्कृतिक कट्टरपन्थीमा विश्वास गर्ने जस्ता उग्रवादी भड्कावविरुद्ध खबरहबको खबरदारी कायमै रहनेछ।

लोकतान्त्रिक गणतन्त्रमै देशभक्ति, विधिको शासन, सुशासन, समावेशीता, धर्मनिरपेक्षता, लगायत आधारभूत मान्यताको रक्षा गर्न सक्छ भन्ने हाम्रो मान्यता हो। लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्ने र समृद्ध देश निमार्णका जोखिमहरुसँग लड्नु हाम्रो पनि कर्तव्य ठान्दछौं।

प्रविधिको विश्वव्यापी विकाससँगै बढ्दो इन्टरनेटको पहुँचले परम्परागत मिडियाको स्थान डिजिटल मिडियाले ओगट्न थालेको छ। विश्वमा आइरहेको मिडियाको डिजिटल युगको ‘वेग’ले नेपालमा पनि अनलाइन पत्रकारितालाई समाचारको प्रमुख स्रोत बनाइसकेको छ। अनलाइन पत्रकारिताको गुणात्मक वृद्धिसँगै विज्ञापन खर्च पनि डिजिटलतर्फ मोडिएको छ। नेपालमा अब डिजिटल पत्रकारिता जबरजस्त उदाएको मात्र होइन, बढ्दो मोवाइलको पहुँच, सहज पहुँच र द्रुत समाचारको मागहरुमा अभुतपूर्व वृद्धि भएको छ।

नैतिक अभ्यासबाट मात्र भरपर्दो संस्था बन्न सक्छ भन्ने हाम्रो मान्यता हो। हामी कुनैपनि दलगत आस्था, विचार, वादसहितका कुनै पनि निहीत स्वार्थको प्रभावमा छैनौं र नरहनेमा तपाईंहरुलाई विश्वास दिलाउन चाहन्छौं। लोकतान्त्रिक मूल्य र मान्यता, स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रता हाम्रो आत्मा हो, यसमा हामी किमार्थ सम्झौता गर्ने छैनौं।

अबको हाम्रो प्राथमिकता थप संवेदनशील बन्दै पाठकहरूको चाहनाअनुसारको श्रव्यदृष्य सामग्री, मल्टिमिडिया, अन्तक्रियासँगै अन्य भाषाहरु थप्ने र विश्लेषणात्मक सामग्रीहरु पस्कनेमा केन्द्रित हुनेछ। हामीले डिजिटल मिडियामा नयाँ आयाम थप्ने केही योजनाहरुलाई कार्यान्वयनमा लैजाने छौं र नयाँ सामग्रीहरु पस्कने अठोट गर्दछौं।

हाम्रो सफलताको एक वर्षे यात्राका क्रममा हामीलाई सहयोग गर्नुहुने पाठक, शुभेच्छुक, विज्ञापनदाता, पत्रकार तथा कर्मचारी सबैमा धन्यवाद दिन चाहन्छौं । हाम्रो यात्राका क्रममा तपाईंहरुको सल्लाह र सुझावलाई आत्मसात गर्दै सिकाइबाट अनुभव प्राप्त गर्दै अघि बढ्नेछौं।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ७ : ५१ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि