करङको चोटले नेइमार फेरि टीम बाहिर « Khabarhub

करङको चोटले नेइमार फेरि टीम बाहिर


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेइमार पुनः चोटग्रस्त भएका छन् । करङमा लागेको चोटका कारण नेइमार पेरिस सेन्ट–जर्मेन (पिएसजी) को टीम बाहिर भएका हुन् ।

पिएसजीले फ्रेन्च लिग वान फुटबल अन्तर्गत मंगलबार नान्टेससँग् प्रतिस्पर्धा गर्दैछ । सो खेलका लागि पिएसजीको टीममा नेइमार रहेका छैनन्।

ब्राजिलियन खेलाडी नेइमारलाई गएको शनिबार राति भएको मोन्टपिलिएरसँगको खेलको क्रममा मेडिकल सहायताको खाँचो परेको थियो ।

आइतबार उनले आफ्नो २८ औँ जन्मदिनको भव्य पार्टी गरेका थिए पेरिसमा । ह्वाइट थिमको पार्टीमा मेम्फिस डिपेयी, एन्जल डी मारिया, एडिन्सन काभानी, मार्को भेराटीसहितका खेलाडी सेतो रंगको कस्ट्युममा पुगेका थिए ।

पार्टी लगत्तै घोषणा भएको टीममा नेइमार नपरेपछि पार्टीकै कारण नेइमारलाई टीम बाहिर गरिएको हो कि भन्ने शंका उब्जिएको छ ।

तर प्रशिक्षक थोमस टुसिलले भने पार्टी र टीम छनौटमा कुनै सम्बन्ध नरहेको बताएका छन् । नेइमारले जन्मदिनको अग्रिम पार्टी दिएका हुन् । उनी बुधबारदेखि २८ वर्ष लाग्दै छन् ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ७ : ३७ बजे

समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

गगनबाट ओली-प्रचण्डले पाठ सिक्छन् ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार आफ्नो पदबाट राजीनामा

पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते

एजेन्सी– पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा वर्षाका कारण  कम्तीमा १७

नेपाल टेलिकमले गर्‍यो ८९ कम्पनीसँग सम्झौता, प्रिपेड रोमिङ सेवा अब ६२ देशमा

काठमाडौं– नेपाल टेलिकमले उपलब्ध गराइरहेको प्रिपेड रोमिङ सुविधा अब ६२

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौं– यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन डढेलो