डोटी र डडेलधुरामा फागुनदेखि स्वास्थ्य बीमा गरिने « Khabarhub

डोटी र डडेलधुरामा फागुनदेखि स्वास्थ्य बीमा गरिने


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी –  सुदूरपश्चिम प्रदेका डोटी र डडेल्धुरामा फागुनदेखि स्वास्थ्य बीमा सुरु गरिने भएको छ ।

सुदूरपश्चिमका डोटी र डडेल्धुरा बाहेकका जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम संचालन भइसकेको छ । बाँकी दुई जिल्लामा पनि फागुन पहिलो सातादेखि बीमा कार्यक्रम संचालनमा ल्याइने स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिमका संयोजक जनक साउदले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशका सात जिल्लामा अहिलेसम्म स्वास्थ्य बीमितको सङ्ख्या साढे दुई लाख पुगेको छ । २०७२ साल चैत २५ गतेदेखि कैलालीमा पहिलोपटक स्वास्थ्य बीमा कार्यक्रम शुरुआत भएको थियो ।

अहिले सुदूरपश्चिम प्रदेशमा बीमितको सङ्ख्या दुई लाख ५३ हजार ६ सय २० पुगेको साउदले जानकारी दिए ।

सात जिल्लामध्ये कैलालीमा सबैभन्दा बढी एक लाख ३९ हजार ८ सय २० र सबैभन्दा कम दार्जुलामा छ हजार बीमित भएका छन् ।

बझाङमा ३० हजार ४ सय ५०, अछाममा २७ हजार, बाजुरा २६ हजार ६ सय ५०, बैतडीमा १३ हजार र कञ्चनपुरमा १० हजार ७०० बीमित भएको साउदको भनाई छ।

तीन प्रादेशिक अस्पताल, आठ जिल्ला अस्पताल, एक सामुदायिक अस्पताल, चार निजी अस्पताल र १४ प्राथमिक स्वास्थ्य केन्द्र गरी प्रदेशमा जम्मा ३१ स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा कार्यक्रमलाई लागू गरी सेवा दिइँदै आएका छन् ।

देशका ५० जिल्लामा कार्यान्वयनमा आइसकेको स्वास्थ्य बीमा कार्यक्रम चालू आर्थिक वर्ष २०७६/७७ भित्रमा ७७ वटै जिल्लामा कार्यान्वयन गर्ने सरकारी लक्ष्य छ ।

सन् २०२० सम्ममा बीमितको सङ्ख्या ५० प्रतिशत र सन् २०३० सम्ममा शत प्रतिशत पुर्‍याउने सरकारी योजना छ ।

स्वास्थ्य बीमा नियमावली, २०७५ अनुसार अति गरीबको परिचयपत्र प्राप्त परिवार, अतिअशक्त अपाङ्गता (रातो कार्ड), कुष्ठरोगी, एचआइभी सङ्क्रमित, जटिल खालका क्षयरोगी (एमडिआरटिबी) बिरामी भएका परिवारको योगदान रकमको शतप्रतिशत छुट दिइने व्यवस्था छ ।

यस्तै महिला स्वास्थ्य स्वयंसेविका संलग्न भएको परिवारको योगदान रकमको ५० प्रतिशत छुट दिइने व्यवस्था स्वास्थ्य बीमा कार्यक्रममा रहेको छ ।

त्यस्तै कडा प्रकारका रोग (अर्बुदरोग, मुटुरोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया र अल्जाइमर) मा नदोहिरिने गरी थप रु एक लाखको सेवासुविधा दिने व्यवस्था छ ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ९ : ३७ बजे

समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

गगनबाट ओली-प्रचण्डले पाठ सिक्छन् ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार आफ्नो पदबाट राजीनामा

पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते

एजेन्सी– पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा वर्षाका कारण  कम्तीमा १७

नेपाल टेलिकमले गर्‍यो ८९ कम्पनीसँग सम्झौता, प्रिपेड रोमिङ सेवा अब ६२ देशमा

काठमाडौं– नेपाल टेलिकमले उपलब्ध गराइरहेको प्रिपेड रोमिङ सुविधा अब ६२

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौं– यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन डढेलो