यो सिजनलाई सफल बनाउन सिटीले च्याम्पियन्सलिग जित्नु पर्छ – राइट « Khabarhub

यो सिजनलाई सफल बनाउन सिटीले च्याम्पियन्सलिग जित्नु पर्छ – राइट


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यस सिजनलाई सफल पार्ने हो भने म्यान्चेस्टर सिटीले च्याम्पियन्स लिग उपाधि जित्नु पर्ने इङ्ग्ल्यान्डका पूर्व स्टाइकर इआन राइटले बताएका छन् ।

इङ्ग्लीस प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलभन्दा २२ अंके पछि परेको सिटीका लागि यो सिजन सफल पार्न च्याम्पियन्स लिग जित्नु पर्ने राइटले बताएका छन् ।

प्रिमियर लिगमा मात्रै १३ खेल बाँकी रहँदा शीर्ष दुई टोलीबीच फराकिलो अन्तर रहँदा उनले यस्तो भनेका हुन् ।

च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगिसकेको सिटीले फेब्रुअरी २६ मा रियल मड्रिडसँग पहिलो लेग खेल्दैछ ।

‘यदि सिटीले च्याम्पिउन्स लिग उपाधि जित्न सकेन भने यो सिजन राम्रो भएन मान्नुहोस् । तर, यदि च्याम्पिय लिग जित्न सके यो सिजन ‘ग्रेट’ हुनेछ,’ राइटले बीबीसीसँग भने ।

राइटले सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले बार्सिलोनामा रहँदा २ पटक च्याम्पियन्सलिग जितेको बताउँदै उनले सिटीलाई पनि जिताउन सक्ने बताएका छन् ।

त्यसोत, ग्वार्डिओला आफैले पनि च्याम्पियन्स लिग जित्न नसके आफु असफल हुने बताइसकेका छन् ।

सिटीले अघिल्लो सिजनको प्रिमियर लिगको उपाधि उचालेको थियो ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  १० : ४३ बजे

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड

सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने

काठमाडौँ – नेपाल सरकारका निकायहरूका लागि आवश्यक सफ्टवेयर प्रणालीको विकास,

‘सिचाङबाट नेपालले सांस्कृतिक सम्पदाको संरक्षणदेखि आधुनिक विकासम्म सिक्न सक्छ’

काठमाडौं– पूर्वउपसभामुख एवं सांसद इन्दिरा रानामगरले चीनको सिचाङबाट नेपालले सम्पदा संरक्षण,

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा २९ डाक्टर र १५ इन्जिनियर निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ