कोरोना महामारीः चीनमा एकै दिन ६४ संक्रमितको मृत्यु, हङकङमा पनि बिरामीको ज्यान गयो « Khabarhub

कोरोना महामारीः चीनमा एकै दिन ६४ संक्रमितको मृत्यु, हङकङमा पनि बिरामीको ज्यान गयो

महामारी रोकथामको कामप्रति चिनियाँ नेतृत्व असन्तुष्ट


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनमा कोरोना भाइरसबाट एकैदिन ६४ जनाको मृत्यु भएपछि मृतकको संख्या ४ सय २६ पुगेको छ ।

मंगलबार हङकङमा पनि एक जना बिरामीको मृत्यु भएपछि चीनबाहिर मृत्यु हुनेको संख्या २ पुगेको छ । यस अघि फिलिपिन्समा पनि एक जनाको मृत्यु भएको थियो।

सोमबार बिहानदेखि मंगलबार बिहानसम्म थप ६४ जनाको मृत्यु भएपछि मृतकको संख्या ह्वात्तै बढेको हो ।

संक्रमितको संख्या २० हजार भन्दा बढी रहेकाले मृतकको संख्या बढ्न सक्ने स्वास्थ्य अधिकारीहरुको आंकलन छ ।

भाइरस नियन्त्रणको प्रयास प्रभावकारी भएनः चिनियाँ शीर्ष नेतृत्व

चीनको शीर्ष नेतृत्वले वुहानमा महामारीको रुपमा फैलिएको प्राणघातक कोरोना भाइरसको नियन्त्रणका लागि भएको प्रयासमा असन्तुष्टि जनाएको छ ।

प्रकोपसँग जुझ्ने क्रममा ‘सरकारी कमजोरी र अपूर्णता’ भएको चिनियाँ कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्यहरुले बताएका छन ।

शक्तिशाली चिनियाँ कम्युनिस्ट पार्टीको ७ सदस्यीय स्थायी समितिले राष्ट्रिय आपतकालीन व्यवस्थापन प्रणालीको सुधार गर्नुपर्ने सुझाव समेत दिएको छ।

राष्ट्रपति सी जिनपिङ्ले अध्यक्षतामा बसेको बैठकले भाइरस उत्पति भएको भनिएको बन्यजन्तुको खोजि गरी त्यसलाई प्रयोगमा ल्याउनेलाई समेत कारबाहीको दायरमा ल्याउने तयारी गरिएको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

गैरकानुनी वन्यजन्तुको क्षेत्रलाई गम्भीरतापूर्वक हेरिनुपर्नेमा चिनियाँ शीर्ष नेतृत्व एकमत देखिएको छ । चमेरोबाट कोरोनो भाइरस फैलिएको आशंका गरिरहँदा त्यसको पुष्टि भए त्यसको प्रयोगमा नै प्रतिबन्ध लगाउने सम्मको तयारी भएको छ ।

नयाँ कोरोनाभाइरस गैरकानुनी रूपमा व्यापार गरिने वन्यजन्तुमार्फत् वुहानको समुद्री खाद्य बजारबाट फैलिएको आशंका गरिएको छ।

अमेरिकासँग चीनको आक्रोश

कोरोना भाइरसको प्रकोपलाई लिएर ‘त्रास फैलाउने गरी’ प्रतिक्रिया जनाएको भन्दै चीन सरकारले अमेरिकाको आलोचना गरेको छ ।

अमेरिकाले जनस्वास्थ्य संकट घोषणा गर्दै दुई सातायता चीन बसेका विदेशी नागरिकको आवागमनमा रोक लगाउने निर्णय गरेकोमा चीनले आपत्ती समेत जनाएको छ ।

अमेरिकाले प्रतिबन्ध लगाए लगत्तै अस्ट्रेलियाले पनि आफ्नो देशमा चिनियाँ नागरिकको आवागमनमा प्रतिबन्ध लगाएको थियो ।

अमेरिकी प्रतिबन्धको असर स्वरुप नै हङ्कङले पनि चीनसँग जोडिएका १३ मध्ये १० वटा सीमाबाट मध्यरातदेखि मानिसको आवागमन रोक्ने जनाएपछि चिनियाँ धारणा बाहिरिएको हो ।

विश्व स्वास्थ्य सङ्गठनले खासमा यात्रुहरू अनौपचारिक रूपमा देश प्रवेश गरे त्यसले झन् भाइरसको सङ्क्रमण बढाउन सक्ने भन्दै सीमा बन्द गर्ने निर्णयप्रति सतर्क गराएको छ ।

अहिलेसम्म अमेरिका, अष्ट्रेलिया, जापान, जर्मनी लगायतका मुलुकले आफ्ना नागरिकलाई स्वेदश फर्काइसकेका छन ।

वुहानका नेपाली अझै उद्दारको पर्खाईमा

कोरोना प्रभावित क्षेत्र चीनको वुहानबाट विभिन्न मुलुकहरुले आफ्ना नागरिक लगिसक्दा पनि नेपाल सरकार भने यहाँ ल्याएर राख्ने ठाउँ नटुंगिएको भन्दै आफ्ना नागरिक ल्याउन ढिलाई गरिरहेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले समेत यसबारे निर्क्यौल गर्न नसकेको खबरहरु बाहिरिएका छन ।

यद्यपी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पनि पत्रकार सम्मेलन गर्दै आज (मंगलबार) साँझसम्म ठाउँको निर्क्यौल भए बुधबार वुहानबाट नेपालीहरुलाई ल्याइने जनाएको छ ।

संक्रमण नै नभएपनि वुहानबाट आउनेमा कोरोना भाइरसको जोखिम उच्च हुने भएकाले उनीहरुलाई दुई सातासम्म राखेर निगरानी गर्ने छुट्टै स्थानको खोजिमा सरकार जुटेको छ ।

मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार नेपाल आउन १ सय ८० जनाले इच्छा देखाएका छन । उनीहरुले चीनस्थीत नेपाली दूताबासमा आवेदन समेत दिइसकेका छन ।

नेपाल ल्याउन अघि उनीहरुको चीनमै स्वास्थ्य परीक्षण गरिनेछ । कोरोनाको संक्रमण देखिएको खण्डमा नेपालीहरुको पनि चीनमै उपचार गराइने श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ११ : ४१ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा