७ हजारमा ‘कुरो नमिल्दा’ भयो अजिता भुजेलको हत्या « Khabarhub

७ हजारमा ‘कुरो नमिल्दा’ भयो अजिता भुजेलको हत्या


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ की अजिता भुजेलको हतयामा संलग्न ५ जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीद्वारा सार्वजनिक गरिएका ५ जना अभियुक्तमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ कै २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ का २५ वर्षीय सुशील थापा मगर, २४ वर्षीय शाशिष बल, २१ वर्षीय बुद्ध लामा र हेटौंडा–९ का १८ वर्षीय सिमोन परियार छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठौरका अनुसार मृतक अजिताको मोबाइललाई पछ्याउँदा उनीहरु पक्राउ परेका हुन् ।

प्रहरीले अजिताको मृत्यु भएकै दिनदेखि उनले प्रयोग गर्ने मोबाइलको खोजी गरेको थियो । हराएको उक्त फोन सोमबार मात्रै सञ्चालनमा आएको जानकारी प्रहरीले प्राप्त गर्‍यो । उक्त फोन हेटौंडा–११ की एलिसा पाख्रिनले आफ्नो नाममा दर्ता रहेको सीम कार्ड हालेर प्रयोगमा ल्याएकी थिइन् ।

प्रहरीले एलिसालाई पक्राउ गरेपछि उनले आफ्नो साथी शाशिष बलले उक्त मोबाइल उपहार ल्याइदिएको बयान दिएकी थिइन् ।

एलिसाको बयानपछि प्रहरीले उनका साथी आशिषलाई पक्राउ गर्‍यो । आशिषले पनि उक्त मोबाइल आफ्ना साथी बुद्ध लामाबाट उपहार पाएको बयान दिए ।

आशिषको बयानपछि प्रहरीले बुद्धको खोजी शुरु गर्‍यो । चितवनमा रहेका बुद्धलाई प्रहरीले त्यहिँ गएर पक्राउ गर्‍यो ।

बुद्धले पनि उक्त मोबाइल आफूलाई सिमोन परियारले दिएको बयान दिए । बुद्धको बयानपछि प्रहरीले सिमोन पनि पक्राउ परे ।

प्रहरीले पक्राउ गरेपछि सिमोन ना ६ ख ६५२७ नम्बरको ट्रकका सहचालक रहेको खुल्न आयो । प्रहरीका अनुसार अजिताको हत्या भएको राति साहुलाई समेत जानकारी नदिइ उक्त ट्रक आफैंले चलाएर हेटौंडा बसपार्क पुर्‍याएका थिए ।

सिमोनले ट्रक बसपार्कमा ल्याइसकेपछि सुशील थापामागरसँग भेट गरे । दुवै जनाले राति यौन सम्पर्क गर्र्ने ‘योजना’ बनाए ।

दुवै जना सोही ट्रक लिएर ठाडा भर्‍याङ पुगे । ठाडा भर्‍याङमा ट्रक पार्क गरिसकेपछि राति करिब १ बजेतिर उनीहरुले अजिता भुजेललाई भेटे ।

अजिता भुजेलसँग उनीहरुले ७ हजारमा यौन सम्पर्क गर्ने कुराकानी ‘पक्का’ गरे । त्यसपछि अजितलाई पुनः ट्रकमा लगे । दुवै जनाले ट्रकमै अजितासँग यौन सम्पर्क गरे ।

तर, पहिले भएको सहमतिअनुसार दुवै जनाले अजितालाई पैसा दिन मानेनन् । भनेको पैसा नपाउँदा अजिताले विवाद गर्न थालेपछि दुवै जनालाई घाँटी थिचेर उनको हत्या गरेको खुल्न आएको मकवानपुर प्रहरी प्रमुख एसपी राठौरले बताए ।

 

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ११ : ४७ बजे

मदन भण्डारी राजमार्ग : झापा, मोरङ र सुनसरीमा पुल निर्माण गरिँदै

झापा – राष्ट्रिय गौरवको आयोजनाको मदन भण्डारी राजमार्गअन्तर्गत पूर्वीखण्डमा पुल

गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता तनहुँमा हुने

तनहुँ – जिल्ला खेलकुद विकास समिति तनहुँको सदरमुकाम दमौलीमा गण्डकी

आईपीएल : मुम्बईविरुद्ध ब्याटिङ्ग गरिरहेको चेन्नईलाई तेस्रो झट्का

कामठाडौं – इन्डियन प्रिमियर लिग अन्तर्गत ३३औं खेलमा मुम्बई इन्डियन्स

इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत

किएभ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब

सिरहामा मोटरसाइकलको ठक्करबाट पाँच वर्षीया बालिकाको मृत्यु

सिरहा – यहाँको चोहर्वा—सिरहा सडकखण्डअन्तर्गत नरहा गाउँपालिका—३ खोरिया टोलमा आज