चीनबाट ल्याउने नेपाली राख्ने स्थान टुंग्याउँदैछौं : स्वास्थ्य मन्त्री ढकाल « Khabarhub

चीनबाट ल्याउने नेपाली राख्ने स्थान टुंग्याउँदैछौं : स्वास्थ्य मन्त्री ढकाल


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–स्वास्थ्य मन्त्री भानुभक्त ढकालले चीनबाट ल्याइने नेपालीलाई राख्ने स्थानको खोजिको अन्तिम टुंगोमा पुगेकाे बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै स्वास्थ्य मन्त्री ढकालले चीनमा रहेका नेपालीलाई स्वदेश ल्याउन गम्भिर भएर लागेको बताए । चीनबाट ल्याइने नेपालीलाई कहाँ राख्ने भन्ने टुंगो लगाउन अन्तिम प्रयासमा रहेको उनले बताए ।

‘चीनमा रहनुभएका विद्यार्थीलाई ल्याउने विषय एउटा गम्भिर प्रश्नको रुपमा छ। आवश्यक परेको ठाउँमा ती विद्यार्थीलाई विलम्ब नगरी ल्याउने तयारीमा हामी जुटेका छौं,’ मन्त्री ढकालले भने, ‘हामीले ठाउँ हेरेका छौं, चीनबाट ल्याएका विद्यार्थीलाई कुन ठाउँमा राख्ने भनेर निष्कर्ष नजिक पुगेका छौं ।’

चीनबाट स्वदेश ल्याउने नेपालीका कारण नेपालमा पनि कोरोना भाइरसको संक्रमणकाे जोखिम हुने भएकाले सुरक्षित स्थानको व्यवस्थापन पछि मात्र उनीहरुलाई स्वदेश ल्याउने मन्त्री ढकालको भनाइ छ ।

चीनमा कोरोना भाइरसको संक्रमण फैलिएको क्षेत्रबाट आफ्ना नागरिक लगेको देशहरुमा कोरोना भाइरसको संक्रमण देखिन थालेको भन्दै सरकारले पूर्ण तयारी गरेपछि मात्र उनीहरुलाई नेपाल ल्याउने बताए ।

‘अन्तर्राष्ट्रिय क्षेत्रका अनुभवलाई हेरेर विद्यार्थी नेपाली प्रभावित नहुन् भनेर ल्याउनु पनि छ । र दोस्रो ती ल्याएका व्यक्तिबाट अरुमा त्यो रोग नसरोस् भनेर हामी चनाखो छौं,’ स्वास्थ् मन्त्री ढकालले भने, ‘चीनबाट जुन जुन देशले आफ्नो नागरिक लगेका छन् ती देशमा छिटफुट संक्रमणहरु देखिएको पनि छ ।’

स्वास्थ्य मन्त्री ढकालले चीनबाट नेपाल ल्याइने विद्यार्थीहरुलाई नेपालमा ल्याउँदादेखि नै सावधानी र पूर्व तयारी गर्ने बताए । चीनस्थित नेपाली दुतावासमा उद्धार गर्न आग्रह गर्दै १ सय ८० जना नेपालीले आवदेन दिएका छन् ।

चीनबाट स्वदेश ल्याइएको नेपालीलाई दुईसातासम्म निगरानीमा राखेपछि मात्र आफन्तको जिम्मा लगाउने मन्त्री ढकालले बताए ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  २ : १५ बजे

राष्ट्रियसभा : बाढीपहिरो पीडितलाई विशेष राहत प्याकेज घोषणा गर्न माग

काठमाडौं– सांसदहरुले देशका विभिन्न जिल्लामा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति सरकारको

नेपाल–पोर्चुगल सम्बन्धमा संसदको नयाँ पहल, बन्यो मैत्री समूह

काठमाडौं – नेपाल–पोर्चुगलबीचको सम्बन्धलाई संसदीय तहबाट थप मजबुत बनाउन संघीय

एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौं– सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई