विप्लव समूहका मूख्य चन्दा संकलक कटुवाल पक्राउ | Khabarhub Khabarhub

विप्लव समूहका मूख्य चन्दा संकलक कटुवाल पक्राउ


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का लागि चन्दा शंकलन गर्ने मुख्य व्यक्ति पक्राउ परेका छन् ।

प्रहरीको विशेष ब्यूरोको टोलीले विप्लव समूहको जनसम्पर्क समितिका केन्द्रीय कोषाध्यक्ष अर्जुन कटुवालाई पक्राउ गरेको हो ।

विशेष ब्यूरो स्रोतका अनुसार कटुवाललाई कलंकीस्थित उनको निजी कार्यालयबाट पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार कटुवाल विप्लव समूहका लागि चन्दा संकलन गर्ने मुख्य व्यक्ति हुन् । प्रहरीले उनको कोठाबाट विभिन्न व्यक्ति तथा संस्थाबाट चन्दा संकलन गर्नका लागि काटिएका रसिद र महत्वपूर्ण कागजात समेत बरामद गरिएको जनाएको छ ।

सिन्धुली स्थायी घर भएका कटुवालको काठमाडौंको चुनदेवीमा घर छ । उनी हेभी इक्विभमन्ट महासंघका सचिव समेत रहेका जनाइएको छ ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ३ : ३४ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको