काठमाडौंको जोरपाटीमा पनि खुल्यो सानिमा बैंकको शाखा « Khabarhub

काठमाडौंको जोरपाटीमा पनि खुल्यो सानिमा बैंकको शाखा


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सानिमा बैंक लिमिटेडले यही माघ २० गते काठमाडौंको जोरपाटीमा ७९औं शाखा कार्यालय स्थापना गरी  बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा ब्राण्ड प्रवर्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)द्वारा संयुक्त रुपमा भयो ।

समारोहमा सानिमा बैंकका अध्यक्ष श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै समस्त ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागि सानिमा बैंकले शाखा विस्तार गर्दै जाने नीति लिएको बताए ।

त्यसै गरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै जोरपाटी शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मह जोडीले काठमाडौंको जोरपाटीमा सानिमा बैंक संचालनमा आएकोमा सो क्षेत्रका स्थानीयबासी र बैंकलाई समेत बधाई ज्ञापन गर्दै सानिमालाई सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ४ : ३६ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक