झन्डै १ महिनापछि चितवनमा नयाँ एसपीको सरुवा « Khabarhub

झन्डै १ महिनापछि चितवनमा नयाँ एसपीको सरुवा


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विगत १ महिनादेखि नेतृत्वविहीन रहेको जिल्ला प्रहरी कार्यालय चितवनका लागि प्रहरी प्रधान कार्यालयले नयाँ प्रहरी उपरीक्षक (एसपी) खटाएको छ ।

प्रहरी प्रधान कार्यालयले चितवन प्रहरी प्रमुखको रुपमा एसपी नान्तीराज गुरुङलाई पठाएको छ ।

यसअघि एसपी गंगा पन्तको चितवन सरुवा गरिएपनि उनले रमाना भने लिन पाएकी थिइनन् ।

चितवन प्रहरी प्रमुख रहेका एसपी दान बहादुर मल्लको महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय काठमाडौंमा सरुवा गरिएपछि चितवनमा नयाँ एसपी गएका थिएनन् ।

प्रहरी प्रधान कार्यालयले गत गत पुस ९ गते सरुवा गरेपनि मल्लले भने झन्डै २ हप्ता पछि मात्रै चितवन छाडेका थिए ।

चितवन सरुवा गरिएकी एसपी गंगा पन्त भने अब जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख भएर जाने भएकी छन् ।

पर्सा प्रहरी प्रमुख सोमेन्द्रसिंह राठौरलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा सरुवा गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिंहको प्रहरी प्रधान कार्यालयअन्तर्गत इन्टरपोल शाखामा सरुवा भएको प्रहरी प्रधान स्रोतले जानकारी दिएको छ ।

यस्तै, जिल्ला प्रहरी कार्यालय बारामा पनि नयाँ एसपी पठाइएको छ । प्रहरी प्रधान कार्यालयले एसपी कृष्ण पंगेनीलाई बारा प्रहरी प्रमुखको रुपमा सरुवा गरेको छ । बाराका प्रहरी प्रमुख एसपी विकास खनालको ५ नम्बर प्रदेशको प्रदेश दंगा नियन्त्रण गण सुनवलमा सरुवा गरिएको छ ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ४ : ५७ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड