सरकारद्वारा सीजी टेलिकमको लाइसेन्स खारेज « Khabarhub

सरकारद्वारा सीजी टेलिकमको लाइसेन्स खारेज


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चौधरी ग्रुपको सीजी कम्युनिकेशन (टेलिकम) प्रालिलाई प्रदान गरिएको दूरसञ्चार अनुमति पत्र खारेज गरिदिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै आइतबारदेखि लागू हुने गरी सीजी कम्युनिकेशनलाई प्रदान गरिएको लाइसेन्स खारेज गरिएको जनाएको छ ।

सीजी कम्युनिकेशन (तत्कालीन एसटीएम टेलिकम)ले ७ वटा जिल्लामा (सीमित गतिशीलतामा आधारित वायरलेस दूरसञ्चार सेवा) प्रवाहका लागि भन्दै १९ माघ २०६६ मा अनुमतिपत्र पाएको थियो ।

तर, सीजीले उक्त सेवाको लागि आवश्यक पर्ने नवीकरण दस्तुर नतिरेको भन्दै प्राधिकरणले केही समय अगाडि लाइसेन्स निलम्बन गरेको थियो ।

लाइसेन्स निलम्बन गरेर राजश्व दाखिला गर्नका लागि ताकेता गर्दा पनि राजश्व रकम दाखिला नगरेको भन्दै प्राधिकरणले अन्ततः लाइसेन्स नै खारेज गरिदिएको हो ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ५ : १४ बजे

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको