१ सय ८९ थान मोबाइलसहित एक जना तिब्बती पक्राउ « Khabarhub

१ सय ८९ थान मोबाइलसहित एक जना तिब्बती पक्राउ


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले १ सय ८९ थान मोबाइलसहित एक जना तिब्बतीलाई पक्राउ गरेको छ ।

महानगरीय बृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले मंगलबार चन्द्रागिरी नगरपालिका वडा नम्बर २ नागढुंगा चेक प्वाइन्टमा मोबाइल बरामद गर्नुका साथै तिब्बतीलाई नियन्त्रणमा लिएको हो ।

काँकडभित्ताबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३-०१-००६ ख ०२४७ नम्बरको काँकडभित्ता–काठमाडौं चल्ने बसमा चेकजाँच गर्ने क्रममा बसको डिकीमा लुकाएर ल्याइएको सो परिमाणको मोबाइल प्रहरीले बरामद गरेको महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले बताए ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी निरीक्षक हेमन्त विक्रम थापा नेतृत्वको टोलीले उक्त मोबाइलसहितको सुटकेश लिन आएका तिब्बती ४० वर्षीय स्यान्जियल ग्यायलाई भने गंगबुबाट नियन्त्रणमा लिएको हो ।

उक्त मोबाइलहरूको अनुमानित बजार मूल्य रु २१ लाख ७३ हजार ५ सय रहको प्रहरीले बताएको छ । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ७ : ५२ बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले