१ सय ८९ थान मोबाइलसहित एक जना तिब्बती पक्राउ | Khabarhub Khabarhub

१ सय ८९ थान मोबाइलसहित एक जना तिब्बती पक्राउ


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले १ सय ८९ थान मोबाइलसहित एक जना तिब्बतीलाई पक्राउ गरेको छ ।

महानगरीय बृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले मंगलबार चन्द्रागिरी नगरपालिका वडा नम्बर २ नागढुंगा चेक प्वाइन्टमा मोबाइल बरामद गर्नुका साथै तिब्बतीलाई नियन्त्रणमा लिएको हो ।

काँकडभित्ताबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३-०१-००६ ख ०२४७ नम्बरको काँकडभित्ता–काठमाडौं चल्ने बसमा चेकजाँच गर्ने क्रममा बसको डिकीमा लुकाएर ल्याइएको सो परिमाणको मोबाइल प्रहरीले बरामद गरेको महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले बताए ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी निरीक्षक हेमन्त विक्रम थापा नेतृत्वको टोलीले उक्त मोबाइलसहितको सुटकेश लिन आएका तिब्बती ४० वर्षीय स्यान्जियल ग्यायलाई भने गंगबुबाट नियन्त्रणमा लिएको हो ।

उक्त मोबाइलहरूको अनुमानित बजार मूल्य रु २१ लाख ७३ हजार ५ सय रहको प्रहरीले बताएको छ । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ७ : ५२ बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन