उडिरहेको विमानमा बच्चा जन्मिएपछि कलकत्तामा आकस्मिक अवतरण « Khabarhub

उडिरहेको विमानमा बच्चा जन्मिएपछि कलकत्तामा आकस्मिक अवतरण


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भारत- मंगलबार दोहाबाट बैंककका लागि उडिरहेको विमानमा  एक थाई महिलाले बच्चा जन्माएकी छिन् ।

विमान उडिरहेकै समयमा ती महिलालाई सुत्केरी व्यथा लागेपछि विमानका कर्मचारीको सहयोगमा प्रसूती गराइएको जनाइएको छ ।

विमान कम्पनीले महिलाको नाम सार्वजनिक गरेको भने छैन । विमानमा नै बच्चा जन्मिएपछि चालकले विमानलाई कलकत्तामा नै आकस्मिक अवतरण गराएका थिए ।

विमान अवतरणपछि महिला र बच्चा दुबैलाई कलकत्तास्थित एक निजी अस्पतालमा भर्ना गरिएको छ । आमा र बच्चा दुबैको स्वास्थ्य सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

कलकत्ता विमानस्थलका अधिकारीका अनुसार दोहाबाट बैंककका लागि उडेको कतार एअरवेज, क्यूआर–८३०, को विमानले जीवन रक्षाका लागि हवाई ट्राफिक नियन्त्रकसँग अनुरोधपछि मङ्गलबार बिहान ३ः०९ बजे भारतको कलकत्ता विमानस्थलमा चिकित्सा प्राथमिकता आवश्यकताका कारण आकस्मिक अवतरण गराइएको थियो ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ८ : ०५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार