चीनबाट ल्याइने नेपालीहरुलाई खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिने ! « Khabarhub

चीनबाट ल्याइने नेपालीहरुलाई खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिने !


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले चीनबाट फर्काइने नेपालीलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्‍ने तयारी गरेको छ ।

मंगलबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा बसेको बैठकले चीनबाट ल्याइने नेपाली नागरिकलाई भक्तपुरस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्ने तयारी गरेको स्रोतले बताएका छ ।

स्रोतका अनुसार तालिम केन्द्रको पूर्वाधार र अन्य वस्तुस्थितिबारे निरीक्षण गरेर मात्र त्यहाँ राख्ने विषयमा अन्तिम टुंगो लगाइने छ । तालिम केन्द्रको स्थितिबारे स्वास्थ्य मन्त्रालयका अधिकारीले निरीक्षण गर्नेछन् ।

बैठकमा मुख्यसचिव रेग्मी, प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललगायत सहभागी भएका थिए ।

कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनको वुहानमा रहेका नेपालीहरुलाई स्वदेश फर्काइने सरकारले तयारी गरे पनि राख्ने ठाउँको टुंगो लगाउन सकेको थिएन ।

सरकारले चीनबाट फर्काइएका नेपालीलाई राख्ने ठाउँको टुंगो लाग्ने वित्तिकै उनीहरुलाई स्वदेश फर्काइने यसअघि नै जानकारी दिइसकेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार सरकारले नेपाली नागरिकालाई चीनबाट स्वदेश फर्काउनका लागि दुई वटा जहाज पनि तयारी अवस्थामा राखेको छ ।

उनका अनुसार चीनबाट नेपाल फर्किनका लागि १ सय ८० जनाले फारम समेत भरिसकेका छन् । चीनबाट नेपाल ल्याइएपछि उनीहरुलाई विमानस्थलमा स्वास्थ्य परीक्षण गरिनेछ । उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखिनेछ।

हालसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ सय २६ पुगेको छ । मंगलबार हङकङमा पनि एक जना बिरामीको मृत्यु भएपछि चीनबाहिर मृत्यु हुनेको संख्या २ पुगेको छ । यस अघि फिलिपिन्समा पनि एक जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ८ : २५ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को