डण्डिफोरबाट बच्न आजै छाड्नुहोस् यी ७ काम « Khabarhub

डण्डिफोरबाट बच्न आजै छाड्नुहोस् यी ७ काम


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किशोरावस्थामा सबैलाई डण्डिफोर आउँछ । यो सामान्य कुरा पनि हो । तर कतिपय अवस्थामा डण्डिफोर आउने कुनै उमेर, समय र मौसम चाहिँदैन।

विशेषत गर्मी मौसममा धेरैलाई डण्डिफोर आउने गर्दछ, विभिन्न कारणले जाडोमा पनि डण्डिफोरले सताउने गर्दछ । अनुहारको छालामा हुने छिद्रलाई डेडसेलहरुले बन्द गरिदिएपछि त्यही ठाउँमा डण्डिफोर आउँने गर्दछ ।

प्रायः अनुहारमै आउने डण्डिफोरले अनुहारको सुन्दरता बिगार्ने गर्दछ । अझ कतिपय अवस्थामा त डण्डिफोरको दाग नै बस्ने गर्दछ । जसलाई सहजै हटाउन सकिंदैन । तर समयामा सावधानी दिन सकियो भने डण्डिफोरको असर देखा पर्दैन ।

डण्डिफोर आउँदा ध्यान दिनुपर्ने कुराहरु
१. डन्डिफोरलाई हातले सोझै छुनु हुँदैन । छोइयो भने तुरुन्तै हात धुने गर्नुपर्छ ।
२. डण्डिफोर छोएको हातले अनुहारको अन्य भाग छोएमा त्यहा पनि डण्डिफोर आउँछ ।
३. डण्डिफोरलाई निचोर्ने वा कोट्याउने गर्नुहुदैन ।
४. अनुहार सफा गरेपछि पुछ्नका लागि सफा रुमाल अथवा तौलियाको व्यवस्था गर्नुपर्छ ।
५. बेलुका सुत्नुअघि अनुहारको मेकअपलाई मज्जाले पखाल्नु पर्छ ।
६. मेकअपका प्रोडक्टलाई परिवर्तन गर्नुहुदैन ।
७. यदि लामो समयदेखि डण्डिफोर आइरहेको छ भने चिकित्सक परामर्श लिनु राम्रो हुन्छ ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ८ : ५१ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६