राईलाई थुनामुक्त गर्न बारको माग « Khabarhub

राईलाई थुनामुक्त गर्न बारको माग


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- नेपाल बार एशोसिएशनले भोजपुरका तीर्थबहादुर राईलाई थुनामुक्त गरी शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण कायम गर्न सरकारसँग माग गरेको छ ।

एशोसिएशनका महासचिव लीलामणि पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा भोजपुरका ३८ वर्षीय राईलाई सर्वोच्च अदालतबाट बन्दी प्रत्यक्षिकरणको आदेशबाट थुनामुक्त गरिएकोमा प्रहरीले पटक पटक पक्राउ गरी थुनामा राखेकोप्रति खेद व्यक्त गर्दै थुनामुक्त गर्न माग गरेको छ।

राईलाई थुनामुक्त गर्ने आदेशलगत्तै सोमबार सर्वोच्च अदालत परिसरबाट महानगरीय प्रहरी परिसरले पक्राउ गरेको थियो।

यसअघि पनि बारले राईलाई थुनामुक्त गर्न माग गर्दै प्रेस विज्ञप्ति जारी गरेको थियो । बारले मुलुकमा शान्तिसुरक्षा कायम गराउने, नागरिकको जीउधनको सुरक्षा गर्ने र कानून तथा अदालतको आदेश पालना र कार्यान्वयन गर्नुपर्ने सरकारी निकायबाटै यस्ता घटना दोहोरिनुलाई खेदजनक कार्य भनेको छ ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ९ : २५ बजे

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम