राईलाई थुनामुक्त गर्न बारको माग « Khabarhub

राईलाई थुनामुक्त गर्न बारको माग


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- नेपाल बार एशोसिएशनले भोजपुरका तीर्थबहादुर राईलाई थुनामुक्त गरी शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण कायम गर्न सरकारसँग माग गरेको छ ।

एशोसिएशनका महासचिव लीलामणि पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा भोजपुरका ३८ वर्षीय राईलाई सर्वोच्च अदालतबाट बन्दी प्रत्यक्षिकरणको आदेशबाट थुनामुक्त गरिएकोमा प्रहरीले पटक पटक पक्राउ गरी थुनामा राखेकोप्रति खेद व्यक्त गर्दै थुनामुक्त गर्न माग गरेको छ।

राईलाई थुनामुक्त गर्ने आदेशलगत्तै सोमबार सर्वोच्च अदालत परिसरबाट महानगरीय प्रहरी परिसरले पक्राउ गरेको थियो।

यसअघि पनि बारले राईलाई थुनामुक्त गर्न माग गर्दै प्रेस विज्ञप्ति जारी गरेको थियो । बारले मुलुकमा शान्तिसुरक्षा कायम गराउने, नागरिकको जीउधनको सुरक्षा गर्ने र कानून तथा अदालतको आदेश पालना र कार्यान्वयन गर्नुपर्ने सरकारी निकायबाटै यस्ता घटना दोहोरिनुलाई खेदजनक कार्य भनेको छ ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ९ : २५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र