नेपालबाट फर्किएका एक स्पेनिस नागरिकको कोरोनाका कारण मृत्यु « Khabarhub

नेपालबाट फर्किएका एक स्पेनिस नागरिकको कोरोनाका कारण मृत्यु


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण स्पेनमा पहिलो पटक एक जनाको मृत्यु भएको छ ।

केही समय पहिले नेपालको भ्रमण गरेर फर्किएका उनको कोरोनाका कारण मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा एक ६९ बर्षीया पुरुष रहेका छन् । उनी भ्यालेन्सियाका रहेको जनाइएको छ ।

सनिट्याट युनिभर्सल आई सलूट पब्लिक विभागले मंगलबार पत्रकार सम्मेलन गर्दै उनको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेको हो । पत्रकार सम्मेलनमा उनले हालै नेपालको भ्रमण गरेर फर्किएको जनाइएको थियो । मन्त्री आना बार्सिलोले यसबारे विस्तृत जानकारी दिएकी थिइन ।

पत्रकार सम्मेलनमा थप दुई जनामा पनि कोरोनाको संक्रमण पुष्टि भएको जनाइएको थियो । ती दुई जनाले अन्य मुलुकको भ्रमण नगरेको भए पनि संक्रमितहरुसँगको सम्पर्कमा आएको जनाइएको छ ।

कोरोनाका कारण एक जनाको मृत्यु भएपछि स्वास्थ्य मन्त्री साल्भाडोर ईलाले थप सुरक्षा सतर्कता अपनाउन आग्रह गरेकी छिन् । उनले कोरोना भाइरसको आशंका लागेमा तत्काल स्वास्थ्य परीक्षण गराउन समेत आग्रह गरेकी छिन् ।

उनले भ्यालेन्सियन समुदायमा रहेका मेडिकल, नर्सिङ कलेज, मेडिकल इन्स्टिच्युटहरुलाई पत्र पठाउँदै सभा सम्मेलन तथा ठूला कार्यक्रमहरु नगर्न आग्रह गरेकी छिन् ।

कोरोनाका कारण स्पेनमा संक्रमित हुनेको संख्या २ सय १० रहको जनाइएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ७ : ४९ बजे

सरकारद्वारा मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत

काठमाडौं– सरकारले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत गरेको छ

कांग्रेसको दोस्रो पुस्ता जुर्मुराउँदा एमालेमा हलचल !

काठमाडौं- पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री

उत्सर्जन कटौती सुस्त हुँदा फ्रान्सको जलवायु लक्ष्य संकटमा

एजेन्सी– फ्रान्सले सन् २०२५ मा लगातार दोस्रो वर्ष पनि हरितगृह

यश स्टारर ‘टक्सिक’ टिजरमाथि अश्लील दृश्यको आरोप

काठमाडौं — केजीएफ स्टार यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिकः ए फेयरिटेल

सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासन कार्यान्वयन गर्न