नेपालबाट फर्किएका एक स्पेनिस नागरिकको कोरोनाका कारण मृत्यु « Khabarhub

नेपालबाट फर्किएका एक स्पेनिस नागरिकको कोरोनाका कारण मृत्यु


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण स्पेनमा पहिलो पटक एक जनाको मृत्यु भएको छ ।

केही समय पहिले नेपालको भ्रमण गरेर फर्किएका उनको कोरोनाका कारण मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा एक ६९ बर्षीया पुरुष रहेका छन् । उनी भ्यालेन्सियाका रहेको जनाइएको छ ।

सनिट्याट युनिभर्सल आई सलूट पब्लिक विभागले मंगलबार पत्रकार सम्मेलन गर्दै उनको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेको हो । पत्रकार सम्मेलनमा उनले हालै नेपालको भ्रमण गरेर फर्किएको जनाइएको थियो । मन्त्री आना बार्सिलोले यसबारे विस्तृत जानकारी दिएकी थिइन ।

पत्रकार सम्मेलनमा थप दुई जनामा पनि कोरोनाको संक्रमण पुष्टि भएको जनाइएको थियो । ती दुई जनाले अन्य मुलुकको भ्रमण नगरेको भए पनि संक्रमितहरुसँगको सम्पर्कमा आएको जनाइएको छ ।

कोरोनाका कारण एक जनाको मृत्यु भएपछि स्वास्थ्य मन्त्री साल्भाडोर ईलाले थप सुरक्षा सतर्कता अपनाउन आग्रह गरेकी छिन् । उनले कोरोना भाइरसको आशंका लागेमा तत्काल स्वास्थ्य परीक्षण गराउन समेत आग्रह गरेकी छिन् ।

उनले भ्यालेन्सियन समुदायमा रहेका मेडिकल, नर्सिङ कलेज, मेडिकल इन्स्टिच्युटहरुलाई पत्र पठाउँदै सभा सम्मेलन तथा ठूला कार्यक्रमहरु नगर्न आग्रह गरेकी छिन् ।

कोरोनाका कारण स्पेनमा संक्रमित हुनेको संख्या २ सय १० रहको जनाइएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ७ : ४९ बजे

विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति

दमौली – व्यास नगरपालिका–५ मानुङकोटस्थित एक होटलमा आगलागी हुँदा करिब

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर- चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका छन्

रास्वपाको बलियो सरकारसँग कलाकर्मीको अपेक्षा, ‘चलचित्र बोर्डलाई स्वायत्त बनाइयोस्’

काठमाडौं- आफ्नो घोषणा पत्रमा ‘फिल्म क्षेत्र’ भन्ने शब्द नै नराखेको

पश्चिम एसिया संकट : उद्धार उडान आज पनि

काठमाडौं– सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा

स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार

काठमाडौं– प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट