सलाद मन पर्छ ? यस्ता छन् सलाद खानुका ५ फाइदा « Khabarhub

सलाद मन पर्छ ? यस्ता छन् सलाद खानुका ५ फाइदा


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामान्यतया विभिन्न प्रकारका काँचो फलफूल तथा सागसब्जीहरू मिसाएर बनाइएको एक खाद्य परीकार हो, सलाद ।

प्याज, गोलभेंडा, काँक्रो, गाजर, मुला, साग, मेवा, स्याउ, अनार, केरा, अम्बा जस्ता फलफूल र सागसब्जी काटेर बनाइने परीकार नै सलाद हो।

सलाद खानुको धेरै फाइदाहरु छन् । सलाद खानुका मुख्य ५ फाइदा यस्ता छन् –

१. आँखाको ज्योती राम्रो बनाउँछ

सातामा ३ पटक भन्दा बढि सलाद खानेहरुमा आँखाको ज्योती तेजिलो हुने गर्दछ ।

सलादमा प्रयोग हुने तरकारी तथा फलफुलमा हुने भिटामिन एले आँखाका लागि फाइदा पुर्‍याउँछ ।

 २. अनिन्द्रा हटाउन

नियमित सलाद खानेहरुमा अनिद्राको समस्या कम हुन्छ ।

सलादको सेवनले मानिसमा पर्याप्य निन्द्रा पाउन सहयोग गर्दछ । सलादबाट पाइने लेक्दुकोरियम नामक तत्वले निन्द्रा जगाउने काम गर्दछ ।

३. पाचन प्रक्रियामा सुधार

सलादमा फाइबरको मात्रा पर्याप्त हुन्छ जसले पाचनक्रियालाई राम्रो बनाउँछ ।

साथै कब्जियतको समस्या पनि कम गर्दछ । सलाद खाएपछि पेट भारी हुदैन । शरीर हल्का हुन्छ ।

४. रोगप्रतिरोधात्मक शक्ति बढाउन

रोगसंग लड्ने क्षमता अर्थात रोगप्रतिरोधात्मक शक्ति बढाउन सलादको सेवन लाभदायक मानिन्छ ।

सलादमा समावेश एन्टिअक्सिडेन्टले इम्यूनिटी पावर बलियो बनाउँछ ।

५. मोटोपन घटाउन

पोषक तत्वहरुको मात्रा धेरै हुने सलादमा क्यालोरीको मात्रा कम हुन्छ । तसर्थ मोटोपन कम गर्ने चाहनामा हुनेहरुले नियमित सलाद खाएमा केहि दिनभित्रै वजन घट्न शुरु हुन्छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ९ : ३७ बजे

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका