यात्रुलाई अलपत्र छाडेर पानीजहाजबाटै हाम फाले क्याप्टेन, यस्तो छ कारण « Khabarhub

यात्रुलाई अलपत्र छाडेर पानीजहाजबाटै हाम फाले क्याप्टेन, यस्तो छ कारण


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चाहे जलयात्रा होस् वा हवाई यात्रा । चाहे सडक यात्रा नै किन नहोस् ।

हरेक सवारी साधनमा चालक आवश्यक हुन्छ । चालकबिना सवारी साधन चल्दैन । तर यदि कोहि चालक यात्रु भरीएको सवारीबाट हाम फाले भने के होला ?

म्यानमारमा एउटा पानीजहाजका क्याप्टेन पानीमा हाम फालेको घटना अहिले सर्वत्र चर्चामा छ ।

म्यानमारको डाला पोर्टमा खचाखच यात्रुले भरिएको पानिजहाजबाट सोहि जहाजका क्याप्टेन अचानक पानिमा हाम फाले ।

६० वर्षीय क्याप्टेन यु मेइन्ट एइले जहाजबाट ४० फिट तल नदीमा हाम फालेका हुन् । तर उनी यसरी पानिमा हाम फाल्नुको कारण भने निकै रोचक एवम् मार्मिक छ ।

खासमा उनी पानीजहाज लिएर डाला पोर्टबाट प्रस्थान गर्ने क्रममा थिए । यतिकैमा एक महिला अचानक जहाजबाट पानीमा खसिन् ।

महिला खसेकै ठाउँ तर्फ अर्को जहाज आउँदै थियो । यदि तत्काल उनलाई उद्धार नगरिएको भए ति महिलाको ज्यान जान सक्थ्यो ।

त्यसैले डुब्न लागेकी महिलालाई बचाउनका क्याप्टेन यु पानीजहाजबाट हाम फाले ।

क्याप्टेन यु विगत ४० वर्षदेखि जहाजमा काम गर्दै आएका छन् । यस क्रममा उनले सयौंलाई बचाइसकेका छन् ।

उनी भन्छन्,  ‘अब म मरे भने पनि फरक पर्दैन, म बुढो भए  । तर अकालमा कोहि युवा नमरुन् । त्यही सोचेर म जहाजबाट हाम फालेको थिएँ ।’

उद्धारपछि ती महिलालाई स्थानीय अस्पताल लगिएको थियो । उनको अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ९ : ५२ बजे

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको