एसीसी इस्टन रिजन टी–२० क्रिकेट : नेपालको कीर्तिमानी जीत, थाइल्याण्ड ९ विकेटले पराजित « Khabarhub

एसीसी इस्टन रिजन टी–२० क्रिकेट : नेपालको कीर्तिमानी जीत, थाइल्याण्ड ९ विकेटले पराजित


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसीसी इस्टन रिजन टी –२० क्रिकेटमा नेपालले कीर्तिमानी जीत हात पारेको छ ।

बुधबार थाइल्यान्डमा भएको खेलमा घरेलु टोलीलाई ३३ बलमा ९ विकेटले पराजित गर्दै अंक तालिकामा खाता खोलेको हो ।

 टस जीतेर पहिलो ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभर पूरा खेल्दै सबै विकेट गुमाएर ६६ रन बनाएको थियो ।

६७ रनको झिनो लक्ष्य पछ्याएको नेपालले ५.३ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गरेको छ ।

नेपालका लागि ओपनर युवा ब्याट्सम्यान कुशल मल्लले १८ बलमा ४ चौका र २ छक्काको मद्दतमा ३६ रन प्रहार गरे ।

पवन शरार्फले १० बलमा ३ छक्का र २ चौकाको मद्दतमा २७ रन बनाउँदा नेपालले फराकिलो जीत हात पारेको हो ।

यस्तै, ओपनर पारस खड्का ९ रनमा आउट भएका थिए । उनलाई थाइल्यान्डका नोफेन सानामोन्टीले आउट गरेका थिए ।

यसअघि टस जीतेर ब्याटिङ गरेको थाइल्यान्डले ६६ रन बनाउने क्रममा हेनन जोर्डन र फिरियापुङ सुनचाईले समान १३–१३ रन बनाए ।

नेपालका करण केसीले ३ विकेट लिए । अविनाश बोहराले २ विकेट लिंदा भुवन कार्की र सन्दीप लामिछानेले १/१ रन बनाए ।

थाइल्यान्डबिरुद्ध नेपालका बलरले १७ रन ‘एक्स्ट्रा’ खर्चेका थिए । थाइल्यान्डविरुद्धको खेलमा नेपालले अहिलेसम्मकै छोटो समयमा लक्ष्य पूरा गर्दै किर्तिमानी बनाएको हो ।

इस्टन रिजनमा यसअघिका दुई खेलमा लगातार पराजित भएको नेपालले तेस्रो खेलमा लय देखाए पनि शीर्ष दोस्रो उक्लिने सम्भावना भने अझै कमजोर छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  १० : २१ बजे

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली