‘प्रधानमन्त्रीलाई सुताएर अप्रेसन थिएटर लगियो, बिदाइको संकेत गर्नुभयो तर बोल्नुभएन’ « Khabarhub

‘प्रधानमन्त्रीलाई सुताएर अप्रेसन थिएटर लगियो, बिदाइको संकेत गर्नुभयो तर बोल्नुभएन’


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गर्न अपरेसन थिएटर लगिएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेकी भूमि व्यवस्था तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले प्रधानमन्त्रीलाई भेटेपनि नबोलेको तर बिदाईको संकेत गरेको बताइन् ।

उनले भनिन्, ‘प्रधानमन्त्रीलाई १० बजेको समयमा अप्रेसन कक्ष लगियो । उहाँलाई सुताएर अपरेसन थिएटर लगियो । उहाँले बिदाईको संकेत गर्नुभयो । तर, बोल्नुभएन ।’

प्रधानमन्त्री ओलीले स्वदेशमै मिर्गौला प्रत्यारोपण गरेर देश र जनतासमक्ष राम्रो सन्देश दिएको बताइन् ।

उनले भनिन्, ‘अब नेपालमै पनि ठूला रोगको उपचार सम्भव छ भन्ने सन्देश प्रधानमन्त्रीले दिनुभएको छ । यसले जनतामा उत्साह छाएको छ । चिकित्सकहरुको पनि मनोबल बढेको छ ।’

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  १० : २६ बजे

सवारी दुर्घटनामा एक युवकको मृत्यु, एक घाइते

रुपन्देही– रुपन्दहीको देवदहमा गएराति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु

भन्सार छलीका ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा– रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका आठ

भोजपुरकाे भुल्केमा पानीको समस्या अन्त्य

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्केमा लामो समयदेखि रहँदै आएको खानेपानीको

चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

काठमाडौं– प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिताको पूर्ण परिपालना गर्न