एमसीसी पास गर्नुपर्छ, विरोध होइन : देउवा « Khabarhub

एमसीसी पास गर्नुपर्छ, विरोध होइन : देउवा


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) हुबहु पारित हुनु पर्ने बताएका छन् ।

धनगढीस्थित देउवा निवासमा प्रेस युनियन कैलालीले गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले यति ठूलो अनुदान रकम यसअघि नेपालमा नआएको भन्दै सम्झौता हुबहु पारित हुनुपर्ने बताए ।

‘यति ठूलो पैसा नेपालमा आएकै थिएन, पास हुनुपर्छ’एमसीसीबारे पत्रकारले सोधेको प्रश्नमा जवाफ दिँदै देउवाले भने । केही पक्षले एमसीसीको बिरोध गरिरहेको भन्दै देउवाले बिरोध गर्न नुहुने बताए ।

‘केही पक्ष एमसीसीको विरोधमा पनि छन् नि ?’भन्ने पत्रकारको प्रश्नमा देउवाले भने,’त्यो गर्नै नहुने कुरा हो ।’

पत्रकार सम्मेलनमा देउवाले कोरोना संक्रमणबाट जोगिन सचेत हुनुपर्ने बताए ।

उनले हात निमलाउन आग्रह गर्दै भने, “हात मिलाउन हुँदैन । नमस्ते गर्नुपर्छ, हामी त जय नेपाल गर्छौं ।’

उनले देशमा भ्रष्टाचार र अनियमितता बढेको र यो रोकिन आवश्यक भएको बताए ।

नेपाली कांग्रेसमा विभागको गठनमा अर्को पक्षको असन्तुष्टि रहेको बारे सोधिएको प्रश्नमा उनले सल्लाह गर्दा नभएपछि विभाग गठन गरेको बताए । देउवाले पार्टी महाधिवेशन तोकिएकै समयमा हुने दाबी गरे ।

प्रधानमन्त्री केपी ओली अस्वस्थ्य रहेको भन्दै उनले स्वास्थ्य लाभको कामना गरे ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ११ : ०० बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ