कोरोना त्रास : मेला, महोत्सव र सार्वजनिक कार्यक्रम गर्न रोक | Khabarhub Khabarhub

कोरोना त्रास : मेला, महोत्सव र सार्वजनिक कार्यक्रम गर्न रोक


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्ला प्रशासन कार्यालय चितवन कोरानाभाइरसका संवेदनशीलतालाई मध्यनजर गर्दै मेला महोत्सव एवं सार्वजनिक कार्यक्रम गर्न रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गरी चीनबाट फैलिएको कोरोना नेपालमा पनि उत्तिकै चुनौतीको रुपमा रहेको भन्दै जिल्लामा मेला, महोत्सव, सार्वजनिक कार्यक्रम गर्न गराउन रोक लगाइएको हो ।

सहायक जिल्ला प्रमुख अधिकारी नेत्रप्रसाद आचार्यद्वारा हस्ताक्षरित सूचनामा ‘स–साना पारिवारिक जमघट बाहेक अन्य जात्रा, पर्व, मेला महोत्सव र यस्तै अन्य कुनै पनि कार्यक्रम तर्जुमा र सञ्चालन नगर्न नगराउन जिल्लाबासी नागरिकलाई जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ ।’

सूचनालाई अवज्ञा गरी यस्ता काम गरिएको खण्डमा कानुन अनुसार कारवाही गरिने भन्दै कार्यालयले सचेत गराएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ११ : ३६ बजे

बाल्यकालमा करिश्माले काखमा लिएपछि वर्षामा जागेको कलाको भोक

काठमाडौं – खोज्ने हो भने काठमाडौंको हरेक घर र कोठामा

काठमाडौं महानगरको नगर शिक्षा समिति बैठक सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको नगर शिक्षा समितिको बैठक २०८२ साउन २८

ताप्लेजुङ गोल्डकप : चर्च ब्वाइज फाइनलमा

फुङ्लिङ– चर्च ब्वाइज क्लब ललितपुर यहाँ जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण

टेबलटेनिसको ‘स्ट्याग ग्लोबल च्याम्पियन्स लिग’ आगामी भदौमा

काठमाडौं– नेपाली टेबलटेनिसकै सर्वाधिक पुरस्कार राशि भएको स्ट्याग ग्लोबल च्याम्पियन्स