बीजेपी मन्त्रीकी छोरीको शाही विवाह, लाखौंलाई निम्ता, ५ सय करोड खर्च ! « Khabarhub

बीजेपी मन्त्रीकी छोरीको शाही विवाह, लाखौंलाई निम्ता, ५ सय करोड खर्च !


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जति धेरै संख्यामा विवाहका लागि निमन्त्रण गरिन्छ यसबाट के थाह हुन्छ भने विवाह धुमधाम र भव्य हुँदैछ ।

त्यसो त भारतको कर्नाटक राज्यका नेताले आफ्नो शक्ति प्रदर्शन गर्ने कुरामा चर्चित रहेका छन् ।

पछिल्लो सयम कर्नाटकका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री बेल्लारी श्रीरामुलुको चर्चा रहेको छ ।

बेल्लारी श्रीरामुलुकी छोरीको विवाह पाँच मार्च अर्थात भोलि हुँदैछ र यो विवाहमा सहभागी हुनका लागि अहिलेसम्म एक लाख जनालाई निम्ता गरिसकिएको छ ।

यतिमात्र होइन । निमन्त्रणा कार्डमा केसर, अलैची, सिन्दुर, बेसार र अक्षता लगाइएको छ ।

बेल्लारी श्रीरामुलुकी छोरी रक्षिता र हैदरबादका उद्योगपति रवि कुरमाको विवाह भन्दा पहिला ९ दिनसम्म चलेको कार्यक्रमको शुरुवात २७ फेब्रुअरीमा उनको गृहजिल्ला बेल्लारीमा भएको थियो ।

करोडौं रुपैयाँ खर्च

बेंगलुरुका एक पाँचतारे होटलमा मेहन्दी कार्यक्रममा रक्षिताका साथी सहभागी भएका छन् र बुधवार विवाहको अघिको कार्यक्रम जारी छ ।

रक्षिताको विवाह भन्दा पहिलो यो विवाहको निकै ठूलो चर्चा मिडियामा भएको थियो र यो विवाहको तुलना पूर्व बीजेपी मन्त्री र अवैध उत्खनन आरोपको सामना गरेका जनार्दन रेड्डीकी छोरी ब्राह्मणीको विवाहसँग तुलना भएको थियो ।

अनाधिकारिक तथ्यांक अनुसार रेड्डी परिवारले उनको विवाहमा ५ सय करोड भारतीय रुपैयाँ खर्च गरेका थिए । यो विवाहलाई पनि रेड्डी परिवारको विवाहसँग तुलना गरिएका कारण ५ सय करोड भन्दा धेरै खर्च हुने अनुमान गरिएको समाचारहरु भारतीय सञ्चारमाध्यमहरुले प्रकाशन गरेका छन् ।

जनार्दन रेड्डीले सधै करुणाकर रेड्डी र सोमशेखर रेड्डीपछि बेल्लारी श्रीरामुलुलाई तेस्रो भाइ मान्छन् ।

तर बेल्लारी श्रीरामुलु अनुसूचित जनताजिसँग सम्बन्ध राख्छन् ।

तर कर्नाटक को राजनीतिमा बेल्लारी श्रीरामुलुलाई सधै रेड्डी ब्रदर्स भनेर बोलाइने गरिएको छ ।

४० एकडमा फेलिएको विवाह स्थल बेंगलुरु प्यालेस ग्राउण्ड्सको २७ एकड हिस्सालाई विवाह, मनोरञ्जन तथा अन्य कार्यक्रमका लागि अलगअलग रुपमा तयार गरिएको छ ।

१५ एकड जमिनलाई पार्किङको लागि तयार गरिएको छ ।

वीरुपक्ष मन्दिर र अन्य मन्दिरलाई खास रुपमा डिजाइन गरिएको छ । सेटमा ३०० जना कलाकार रहेनछन् ।

तस्वीर : श्रीरामुलुको सचिवालय ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  १ : ०४ बजे

असिना–पानीले क्षतिग्रस्त बालीको अनुगमन

काभ्रेपलाञ्चोक– शनिबार र आइतबारको असिना–पानीले क्षति पुर्यायको धुलिखेल र पनौती

भूमिहीन सुकुम्बासीको हकका लागि सर्वोच्चमा रिट दायर, भोलि सुनुवाइ

काठमाडौं– वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले देशभरका सुकुम्बासीहरूको न्याय र आवास

निर्माण क्षेत्रको संकटप्रति सरकार गम्भीर : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई निर्माण व्यवसायी महासङ्घ कोशी

सुकुम्बासी बस्तीमा किताब खोजिरहेकी ईश्वरी भन्छिन्- मलाई बालेन सरकार मन परेन

काठमाडौं- थापाथलीको सुकुम्बासी बस्तीमा बस्दै आएकी १५ वर्षकी ईश्वरी राई