प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफलहोस भन्दै व्रत र पूजाअर्चना « Khabarhub

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफलहोस भन्दै व्रत र पूजाअर्चना


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपणको कामना गर्दै मिर्गौला पीडित सरोकार समाजका सदस्य सामूहिक ब्रत बसेका छन् ।

समाजका सदस्यले सत्यनारायणको पूजा लगाउँदै प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामनासहित ब्रत बसेको समाजकी सदस्य मीना मल्लले बताइन् ।

उनले भनिन्, ‘हामी प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै व्रत बसेका हौं । उहाँको सफल उपचार भएपछि हाम्रो पनि राम्रो हुन्छ । हामीले सोचेको पूरा हुन्छ । हाम्रो समाजको अध्यक्षको पनि मिर्गौला सम्बन्धि रोग निको होस भन्ने कामना छ ।’

व्रत बस्ने मीनाले आफ्नो छोराका दुवै मिर्गौला फेल भएको र एउटा मिगौला कुहिने अवस्थामा पुगेको पनि बताइन् ।

आफैंले मिगौला दान गरेर छोराका मिर्गौला प्रत्यारोपण गरिने भएकाले त्यसको कामनाको लागि केहि नखाई ब्रत बसेको उनले बताइन ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  १ : १० बजे

राष्ट्रिय लिग फुटबल प्रतियोगिताः एनआरटी विजयी

काठमाडौं – राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले