कोरोना असर : प्रहरीमा मास्क अनिवार्य, हात मिलाउन बर्जित « Khabarhub

कोरोना असर : प्रहरीमा मास्क अनिवार्य, हात मिलाउन बर्जित


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाभाइरसको संक्रमणले विश्वब्यापी रुप लिइरहँदा नेपालले पनि आइतबारयता अपरझटपूर्ण निर्यणहरु गरेको छ ।

अतिजोखिम ठानिएका मुलुकको भ्रमणमा जान रोक लगाउनेदेखि सभा/सम्मेलन गर्नमा समेत कडाईं लगाइरहँदा नेपाल प्रहरीले पनि सतर्कताका उपाय सुरु गरेको छ ।

प्रहरी अस्पताल र प्रहरी प्रधान कार्यालयमार्फत आन्तरिक रुपमा स्वास्थ्य सचेतना सुरु गरिएको प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले जानकारी दिए ।

विमानस्थल, ट्राफिक चेकिङ र भीडभाडमा खटिने प्रहरीलाई अनिवार्य मास्क लगाउन निर्देशन दिइएको प्रहरी प्रवक्ता क्षेत्रीले बताएका छन् ।

त्यसबाहेक साबुनपानीले हात धुने, स्वास्थ्यमा समस्या देखिए परीक्षण गरिहाल्न पनि सुझाइएको छ। सकेसम्म हात नमिलाउन र नमस्ते गर्न  निर्देशन दिइएको छ ।

प्रहरीमा अभिवादन गरिदै आए पनि साथिभाई र सेवाग्राहीसँग हात मिलाइदै आएको थियो । आइन्दा त्यस्तो नगर्न उर्दी जारी गरिएको छ ।

कोरोनाकै प्रभावले फागुन २३ र २४ गते धनगढीमा तय गरिएको सुदूरपश्चिम प्रदेशको सुरक्षा गोष्ठी पनि तत्काललाई स्थगित गरिएको छ ।

यस्तै कोरोनाकै कारण मापसे चेकिङ समेत फितलो भएको छ । ट्राफिक प्रहरीसँग पर्याप्त ब्रेथलाइजर मेसिन नहुँदा शंकित व्यक्तिलाई मुखले सुँघेर गरिदै आएको चेकिङ अहिलेलाई स्थगित भएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले जानकारी दिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  १ : ३५ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम