प्रधानमन्त्रीलाई मिर्गौला दिएकी समिक्षालाई पोष्ट अप वार्डमा सारियो « Khabarhub

प्रधानमन्त्रीलाई मिर्गौला दिएकी समिक्षालाई पोष्ट अप वार्डमा सारियो


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गरेकी समिक्षा सङ्ग्रौलालाई अपरेसन थिएटरबाट पोष्ट अप वार्डमा सारिएको छ ।

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि सङ्ग्रौलाले मिर्गौला दान गरेकी थिइन् । उनी नातामा प्रधानमन्त्रीकी भान्जी पर्छिन् ।

बिहान १० बजेबाट प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि शल्यक्रिया गरिएको थियो । मिर्गौला प्रत्यारोपण सफल भएको अस्पताल स्रोतले जनाएको छ ।

शल्यक्रियापश्चात प्रधानमन्त्रीले आधा लिटर पिसाब समेत फेरेका छन् । उनको मिर्गौलाले राम्रोसँग काम गर्न थालेको प्रा. डा. प्रेमराज ज्ञवाली जानकारी दिए।

प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडि पहिलो पटक भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ३ : ३४ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान