प्रधानमन्त्रीलाई मिर्गौला दिएकी समिक्षालाई पोष्ट अप वार्डमा सारियो « Khabarhub

प्रधानमन्त्रीलाई मिर्गौला दिएकी समिक्षालाई पोष्ट अप वार्डमा सारियो


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गरेकी समिक्षा सङ्ग्रौलालाई अपरेसन थिएटरबाट पोष्ट अप वार्डमा सारिएको छ ।

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि सङ्ग्रौलाले मिर्गौला दान गरेकी थिइन् । उनी नातामा प्रधानमन्त्रीकी भान्जी पर्छिन् ।

बिहान १० बजेबाट प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि शल्यक्रिया गरिएको थियो । मिर्गौला प्रत्यारोपण सफल भएको अस्पताल स्रोतले जनाएको छ ।

शल्यक्रियापश्चात प्रधानमन्त्रीले आधा लिटर पिसाब समेत फेरेका छन् । उनको मिर्गौलाले राम्रोसँग काम गर्न थालेको प्रा. डा. प्रेमराज ज्ञवाली जानकारी दिए।

प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडि पहिलो पटक भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ३ : ३४ बजे

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

काठमाडौं– शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा

‘फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई सरकारले प्राथमिकता दिएको छ’

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीको फाप्ला अन्तरराष्ट्रिय क्रिकेट

हिन्द महासागरमा रहेको अमेरिकी-बेलायती बेसमा इरानले क्षेप्यास्त्र हानेपछि सैन्य जगतमा तरङ्ग

काठमाडौं- इरानले हिन्द महासागरको डिएगो गर्सिया टापुमा रहेको अमेरिका र

सडकबाट लडेर एक वृद्धको मृत्यु

गुल्मी– जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु

को हुन् मुस्लिम ? के हो इद ?

इस्लाम धर्मका अनुयायीहरू विश्वभर छन् । ‘इस्लाम’ अरबी भाषाको शब्द