प्रधानमन्त्रीलाई आईसीयूमा सारियो « Khabarhub

प्रधानमन्त्रीलाई आईसीयूमा सारियो


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएसँगै उनलाई आइसीयूमा सारिएको छ ।

त्रिवि शिक्षण अस्पताल महारागजञ्जमा बुधबार सफल मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रत्यारोपण सफल भएसँगै उनलाई चार बज्नु केही अघि आईसीयूमा सारिएको हो ।

बुधवार(आज) त्रिवि शिक्षण अस्पतालमा डा प्रेम राज ज्ञवालीको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला सफल रुपमा प्रत्यारोपण गरेको हो ।

आज विहान १० बजे प्रधानमन्त्री ओलीलाई प्रत्यारोपणका लागि अप्रेसन थिएटरमा लगिएको थियो ।

‘प्रधानमन्त्रीज्यूमा मिर्गौैला प्रत्यारोपणको काम सफता पूर्वक सम्पन्न भएको छ’ प्रा. डा. प्रेमराज ज्ञवालीले भने,‘ प्रत्यारोपण सकिएको १५ मिनेटपछि ५ सय एमएल पिसाव भएको छ ।’

प्रधानमन्त्रीलाई उनकी भान्जी पर्ने समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन् । उनको अवस्था पनि राम्रो रहेको अस्पताल स्रोतले जनाएको छ ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ४ : ०३ बजे

राष्ट्रिय लिग फुटबल प्रतियोगिताः एनआरटी विजयी

काठमाडौं – राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले