दोहा शान्ति सम्झौता भएयता तालिबान लडाकुविरुद्ध अमेरिकाको पहिलो हवाई आक्रमण « Khabarhub

दोहा शान्ति सम्झौता भएयता तालिबान लडाकुविरुद्ध अमेरिकाको पहिलो हवाई आक्रमण


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– कतारको राजधानी दोहामा शान्ति सम्झौता भएयता अमेरिकाले पहिलो पटक तालिबान लाडाकुलाई लक्षित गरी हवाई आक्रमण गरेको छ ।

अमेरिकी वायु सेनाका लडाकु विमानले अफगानिस्तानको दक्षिणी हेल्मण्ड प्रान्तमा तालिबान लडाकुलाई लक्षित गरी हवाई आक्रमण गरेको अफगानिस्तानस्थित अमेरिकी फौजका प्रवक्ताले जनाएका छन् । तालिबान लडाकुले सरकारी सेनामाथि आक्रमण गर्न खोजेपछि उनीहरुविरुद्ध हवाई आक्रमण गरिएको अमेरिकी फौजको भनाइ छ ।

अफगानिस्तानमा अमेरिकी फौजका प्रवक्ता कर्णेल सोनी लेगेटका अनुसार तालिबानविरुद्ध रक्षात्मक हवाई आक्रमण गरिएको हो ।

उनले अमेरिका अफगानिस्तनमा शान्ति स्थापनाका लागि प्रयासरत रहेको र तालिबानले पनि मुलुकमा हिंसा अन्त्य गर्नुपर्ने जनाएका छन् ।

तालिबान र अमेरिकाबीच गत शनिबार कतारको राजधानी दोहामा शान्ति सम्झौता भएको थियो । सम्झौताअनुसार अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना सैनिक संख्या कटौती गर्ने उल्लेख थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ४ : ४२ बजे

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।