अब ज्वरो जाँचेर मात्र बस चढ्न पाइने « Khabarhub

अब ज्वरो जाँचेर मात्र बस चढ्न पाइने


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंका सडकमा गुड्ने बसमा पनि अब ज्वरो जाँचेर मात्र चढ्न पाइने भएको छ । काठमाडौंको चक्रपथमा विद्युतीय बस सेवा सञ्चालन गर्दै आएको सुन्दर यातायात कम्पनीले यस्तो व्यवस्था गरेको हो ।

कोरोनाको संक्रमणलाई ध्यानमा राख्दै यस्तो गरिएको उक्त कम्पनीले जनाएको छ । ज्वरो जाँच गर्नका लागि बसमा स्वास्थ्यसम्बन्धी विषय अध्ययन गरेका दुई जनालाई मास्क एप्रोन लगायतका सामानसहित खटाइने छ ।

उक्त कम्पनीले सञ्चालन गर्ने गाडी उत्पादक कम्पनीले यात्रुको ज्वरो जाँच गर्नका लागि इन्फ्रारेड थर्मोमिटर पठाएकाले सोही थर्मोमिटरमार्फत् यात्रुको ज्वरो जाँच गरिएको बस सेवा प्रदायक कम्पनीले जनाएको छ ।

यो सेवा बिहीबारबाट शुरु गरिने छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ५ : ४४ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका