त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै कर्मचारी सुन तस्करका सहयोगी, अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दर्ता « Khabarhub

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै कर्मचारी सुन तस्करका सहयोगी, अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दर्ता


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गर्ने क्रममा तस्करहरुलाई सहयोग गरेको आरोपमा एकजना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकी कार्यालय सहयोगी डोमा शेर्पाविरुद्ध ७ लाख ७ हजार ७ सय रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार शेर्पाले ८ वैशाख २०७६ मा थाई एयरको विमानबाट नेपाल आएका भियतनामी नागरिक फान्थी लाओन थाओ तथा कम्बोडियन नागरिक थियरी यूईले ल्याएको सुन लुकाउन सहोग गरेकी थिइन् ।

भियतनामी नागरिक थाहो तथा कम्बोडियन नागरिक यूईले ल्याएको किलो ६ सय ८५ ग्राम सुन विमानस्थलका उपसचिव कर्ण तिमिल्सिनाको कार्यकक्षमा रहेको सोफा पछाडि फालेको अवस्थामा फेला परेको थियो ।

अनुसन्धानका क्रममा उक्त सुन शेर्पाले फाल्न लगाएकी भेटिएको थियो ।

यात्रुहरुको खानतलासीका लागि खटिएकी शेर्पाले सांकेतिक भाषा प्रयोग गरी उक्त सुन सोफामा फालेर जान भनेको देखिएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार राजश्व चुहावट गर्ने उद्देश्यका साथ शेर्पाले उक्त सुन सोफा पछाडि फाल्न लगाएर एक्सरे मेसिनबाट हुने जाँच छल्न खोजेकी थिइन् ।

अख्तियारले शेर्पाविरुद्ध ७ लाख ७ हजार ७ सय बिगो कायम गर्दै बिगोको दोब्बर जरिवाना र अनुसार जरिवाना र २ वर्ष ६ महिनासम्म कैद सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ५ : २९ बजे

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

काठमाडौं– शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा

‘फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई सरकारले प्राथमिकता दिएको छ’

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीको फाप्ला अन्तरराष्ट्रिय क्रिकेट

हिन्द महासागरमा रहेको अमेरिकी-बेलायती बेसमा इरानले क्षेप्यास्त्र हानेपछि सैन्य जगतमा तरङ्ग

काठमाडौं- इरानले हिन्द महासागरको डिएगो गर्सिया टापुमा रहेको अमेरिका र

सडकबाट लडेर एक वृद्धको मृत्यु

गुल्मी– जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु

को हुन् मुस्लिम ? के हो इद ?

इस्लाम धर्मका अनुयायीहरू विश्वभर छन् । ‘इस्लाम’ अरबी भाषाको शब्द