अरु कुनै समस्या नदेखिए प्रधानमन्त्रीलाई भोलि बिहान ‘कालो चिया’ दिइने « Khabarhub

अरु कुनै समस्या नदेखिए प्रधानमन्त्रीलाई भोलि बिहान ‘कालो चिया’ दिइने


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपण भएको छ । प्रधानमन्त्रीलाई अहिले प्रत्यारोपण उपचार कक्षमा राखिएको अस्पतालले जनाएको छ ।

चिकित्सकका अनुसार अब अरू कुनै समस्या नदेखिए भोलि बिहानदेखि उनलाई मुखबाट तरल पदार्थ अर्थात कालो चिया दिइनेछ।

चिकित्सकले खबरहबलाई दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो भयो भने ५-६ दिनमा डिस्चार्ज गर्न सकिनेछ । प्रधानमन्त्रीले अहिले पूर्ण होसमा आइसक्नुभएको उनले बताए ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सकिएको १५ मिनेट पछि प्रधानमन्त्रीलाई आधा लिटर पिसाव समेत भएको चिकित्सकहरुले बताएका छन् ।

शल्यक्रियाको नेतृत्वको गरेका डा. प्रेम ज्ञवालीका अनुसार प्रत्यारोपणको करिब डेढ घण्टापछि ओलीको होस खुलेको हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ५ : ४७ बजे

राष्ट्रिय लिग फुटबल प्रतियोगिताः एनआरटी विजयी

काठमाडौं – राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले