बलात्कार प्रयासको आरोपमा नेकपाका प्रदेश सांसद पक्राउ « Khabarhub

बलात्कार प्रयासको आरोपमा नेकपाका प्रदेश सांसद पक्राउ


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– नेपाल कम्युनिस्ट पार्टीबाट सुदूरपश्चिम प्रदेश सभा सदस्य रहेका अक्कल रावल बलात्कार प्रयास (जबरजस्ती करणी उद्योग) आरोपमा पक्राउ परेका छन् ।

फागुन १५ गते एक महिलाले दायर गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीले रावललाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप गिरीले खबरहबलाई जानकारी दिए ।

एसपी गिरीका अनुसार जिल्ला अदालत कैलालीले फागुन १५ गते नै रावललाई पक्राउ गर्न अनुमति दिएको थियो ।

बुधबार प्रदेश सभा बैठकमा सहभागी हुन धनगढी आएको अवस्थामा रावललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले रावल पक्राउ गरेको विषयमा सुदूरपश्चिम प्रदेश सभा र प्रदेश सभा अध्यक्ष (सभामुख)लाई समेत जानकारी गराइएको जनाएको छ ।

रावल अछामको क्षेत्र नम्बर २ को प्रदेशसभा (क)बाट प्रत्यक्षतर्फ प्रदेशसभामा निर्वाचित भएका थिए । उनी तत्कालीन नेकपा माओवादी केन्द्रबाट संयुक्त वाम गठवन्धनको उम्मेदवारका रुपमा प्रदेश सांसदमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ६ : २६ बजे

वर्षाले फूल खेतीमा क्षति, किसान निराश

सिरहा – तिहार र छठ पर्वलाई लक्षित गरी सयपत्री फूल

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको