सार्कका नवनियुक्त महासचिवद्वारा आइएसएसआर र खबरहब कार्यालय भ्रमण « Khabarhub

सार्कका नवनियुक्त महासचिवद्वारा आइएसएसआर र खबरहब कार्यालय भ्रमण


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का नवनियुक्त महासचिव इसाला रुवान विराकुनले बुधबार राजधानीको दरबारमार्गस्थित इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आइएसएसआर) तथा खबरहबको कार्यालय भ्रमण गरेका छन् ।

कार्यालय भ्रमणका क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै सदस्य सचिव विराकुनले गौतम बुद्धको मुलुकमा आउन पाउँदा आफू खुशी भएको जनाए ।

पेभेलियन हलमा सार्कका नवनियुक्त महासचिव इसाला रुवान विराकुन धारणा राख्दै

पाकिस्तानका अमजद सिआलको ३ वर्षे कार्यकाल सकिएपछि श्रीलंकाका कूटनीतिज्ञ विराकुनले सार्कको महासचिवको जिम्मेवारी सम्हालेका हुन् ।

सार्कको महासचिवमा नियुक्त हुनुअघि विराकुन श्रीलंकाली राष्ट्रपति कार्यालयमा सहसचिवको रुपमा कार्यरत थिए । उनले श्रीलंकाको विदेश सचिव तथा पर्यटन विकास एवं इसाई धार्मिक मामिला मन्त्रालयको सचिवको रुपमा पनि जिम्मेवारी सम्हालेका थिए ।

दरबारमार्गस्थित पेभेलियन हलमा सार्कका नवनियुक्त महासचिव इसाला रुवान विराकुन

लण्डन विश्वविद्यालयमा अध्ययन गरेका उनले भारतका लागि श्रीलंकाली उच्चआयुक्त तथा नर्वेका लागि राजदूतका रुपमा पनि भूमिका निभाएका थिए । उनले गत आइतबारबाट सार्कको १४ औं सदस्य सचिवको रुपमा कार्यभार सम्हालेका हुन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ६ : ३६ बजे

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

काठमाडौं– शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा

‘फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई सरकारले प्राथमिकता दिएको छ’

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीको फाप्ला अन्तरराष्ट्रिय क्रिकेट

हिन्द महासागरमा रहेको अमेरिकी-बेलायती बेसमा इरानले क्षेप्यास्त्र हानेपछि सैन्य जगतमा तरङ्ग

काठमाडौं- इरानले हिन्द महासागरको डिएगो गर्सिया टापुमा रहेको अमेरिका र

सडकबाट लडेर एक वृद्धको मृत्यु

गुल्मी– जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु

को हुन् मुस्लिम ? के हो इद ?

इस्लाम धर्मका अनुयायीहरू विश्वभर छन् । ‘इस्लाम’ अरबी भाषाको शब्द