सार्कका नवनियुक्त महासचिवद्वारा आइएसएसआर र खबरहब कार्यालय भ्रमण « Khabarhub

सार्कका नवनियुक्त महासचिवद्वारा आइएसएसआर र खबरहब कार्यालय भ्रमण


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का नवनियुक्त महासचिव इसाला रुवान विराकुनले बुधबार राजधानीको दरबारमार्गस्थित इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आइएसएसआर) तथा खबरहबको कार्यालय भ्रमण गरेका छन् ।

कार्यालय भ्रमणका क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै सदस्य सचिव विराकुनले गौतम बुद्धको मुलुकमा आउन पाउँदा आफू खुशी भएको जनाए ।

पेभेलियन हलमा सार्कका नवनियुक्त महासचिव इसाला रुवान विराकुन धारणा राख्दै

पाकिस्तानका अमजद सिआलको ३ वर्षे कार्यकाल सकिएपछि श्रीलंकाका कूटनीतिज्ञ विराकुनले सार्कको महासचिवको जिम्मेवारी सम्हालेका हुन् ।

सार्कको महासचिवमा नियुक्त हुनुअघि विराकुन श्रीलंकाली राष्ट्रपति कार्यालयमा सहसचिवको रुपमा कार्यरत थिए । उनले श्रीलंकाको विदेश सचिव तथा पर्यटन विकास एवं इसाई धार्मिक मामिला मन्त्रालयको सचिवको रुपमा पनि जिम्मेवारी सम्हालेका थिए ।

दरबारमार्गस्थित पेभेलियन हलमा सार्कका नवनियुक्त महासचिव इसाला रुवान विराकुन

लण्डन विश्वविद्यालयमा अध्ययन गरेका उनले भारतका लागि श्रीलंकाली उच्चआयुक्त तथा नर्वेका लागि राजदूतका रुपमा पनि भूमिका निभाएका थिए । उनले गत आइतबारबाट सार्कको १४ औं सदस्य सचिवको रुपमा कार्यभार सम्हालेका हुन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ६ : ३६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै