दैलेखमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु « Khabarhub

दैलेखमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दैलेख- दैलेखको धरमपोखराबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार रातानाङ्गला–धरमपोखरा सडकअन्तर्गत पर्ने राउटे गल्छीमा कर्णाली प्रदेश ०२–००१ ज ०००७ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा सुर्खेतको चिङ्गाड गाउँपालिका– ६ का देवबहादुर खड्का, वीरेन्द्रनगर–१५ का खड्गबहादुर बुढाथोकी र उनकी श्रीमती गोमा बुढाथोकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चार जना घाइते भएका छन् । चिङ्गाड गाउँपालिका– ६ का दुर्गाबहादुर गाहा, उनकी श्रीमती चन्द्राकुमारी गाहा, वीरेन्द्रनगर– ८ का नरे नेपाली र वीरेन्द्रनगर– १६ का लक्ष्मी ज्ञवाली घाइते भएका हुन् । जीपमा सात यात्रु सवार थिए ।

घाइते नरे र चन्द्राकुमारीको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरुको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ६ : ४७ बजे

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन– चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित भएका

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ– आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी– भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको

स्टार बनाउने ‘गडफादर’ : कसले कसलाई दिए ब्रेक ?

काठमाडौँ- सामान्यताः अरुले प्रभुत्व जमाइरहेको क्षेत्रमा नयाँ व्यक्तिलाई अवसर मिल्न

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब २३ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात

वीरगन्ज– चालु आर्थिक वर्षको प्रथम सात महिनामा एक खर्ब २३