कास्कीमा नेकपा एकीकरणले पायो पूर्णता | Khabarhub Khabarhub

कास्कीमा नेकपा एकीकरणले पायो पूर्णता


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कास्कीमा पार्टी कमिटी एकीकरणको काम सम्पन्न गरेको छ ।

साबिक नेकपा एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता भएर नेकपा गठनको लामो समयपछि जिल्ला तहमा एकीकरण प्रक्रियाले पूर्णता पाएको हो ।

नेकपाको जिल्ला कमिटीको पूर्ण बैठकले जिल्लाका चारवटै गाउँपालिकाका अध्यक्ष र सचिव चयन, महानगर कमिटी तथा जिल्ला सचिवालय समिति गठनलाई पूर्णता दिएको जनाइएको छ ।

चार गाउँपालिका मध्य रुपा र माछापुच्छ्रेको नेतृत्व पूर्वएमाले तथा मादी र अन्नपूर्णको नेतृत्व पूर्वमाओवादीले पाएको छ । मादीको कमिटीको अध्यक्षमा कृष्ण दाहाल तथा सचिव पदमप्रसाद पौडेल तथा रुपामा अध्यक्ष सवाबक्स मियाँ तथा सचिव नवराज बराल चयन भएका छन् ।

अन्नपूर्णमा अध्यक्षमा धर्मप्रसाद तमु र सचिव लक्ष्मीप्रशाद अधिकारी तथा माछापुच्छ्रेमा कमिटी अध्यक्षमा जगन्नाथ बाँस्तोला र सचिव वैकुण्ठप्रसाद भण्डारीलाई सर्वसम्मत निर्णय गरी अनुमोदनका लागि पार्टी प्रदेश कमिटीमा सिफारिस गरिएको जिल्ला कमिटीका सचिव बखानसिँह गुरुङले जानकारी दिए ।

पोखरा महानगर कमिटीका अध्यक्ष र सचिव भने गत असोजमै चयन भएका थिए । नेकपाले भागबन्डाका आधारमा स्थानीय तहको नेतृत्व तथा कमिटी सदस्य टुङ्गो लगाएको हो । बैठकले ५१ सदस्यीय जिल्ला सचिवालय कमिटीसमेत गठन गरेको हो । सचिवालयमा पूर्वएमालेबाट २९ र माओवादीबाट २२ सदस्य छन् ।

त्यसैगरी सात सदस्सीय जिल्ला कार्यालयमा कल्पना पाण्डे र भीमबहादुर विकलाई चयन गरिएको सचिव गुरुङले जानकारी दिए ।

बैठकले १२५ सदस्यीय महानगर कमिटीसमेत टुङ्गो लगाएर अनुमोदनका लागि सिफारिस गरिएको बताइएको छ । गाउँपालिकामा लामो समय नेतृत्व चयन नहुँदा पार्टीका गतिविधि नहुँदा कार्यकर्ताले निरासा व्यक्त गरेका थिए ।

पार्टी समायोजनका काम सम्पन्न भएपछि नेकपाले आगामी चैत १ गतेदेखि शुभारम्भ हुने तीनमहिने जनसम्बन्ध विकास तथा सङ्गठन सुदृढीकरण केन्द्रीय अभियानमा जिल्लामा सञ्चालन गर्ने पार्टी अध्यक्ष कृष्ण थापाले बताए ।

अभियानका क्रममा जनवर्गीय सङ्गठनको एकतालाई पूर्णता दिइने, निर्वाचन क्षेत्रीय कमिटी गठन, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिष्ट मञ्च बनाउने तथा दुवै तर्फका पार्टी सदस्यलाई एकाइमा गोलबन्द गर्ने र चैत मसान्त भित्रमा सबै नवीकरण सम्पन्न गरिने थापाले उल्लेख गरे।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ७ : ०१ बजे

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध

गाजामा इजरायली आक्रमण ‘असहनीय’ : रेडक्रस

जेनेभा – गाजामा इजरायलले गाजा शहरमाथि विजय हासिल गर्ने र

सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै नेपाललाई समृद्ध बनाउन

रास्वपा र उपसभामुख रानामाथि योगेशका प्रश्नै प्रश्न

काठमाडौं – सत्तारूढ एमालेका सांसद योगेश भट्टराईले उपसभामुख इन्दिरा रानामगर

पर्सामा धान उत्पादन २० प्रतिशतले घट्ने अनुमान

पर्सा – पर्सामा सुक्खाग्रस्त समस्याको कारणले यस वर्ष धान उत्पादनमा