शेयर बजार नेप्से ६८ अंकले घट्यो  « Khabarhub

शेयर बजार नेप्से ६८ अंकले घट्यो 


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा आज नेप्से परिसूचकमा भारी गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ६८.४७ अंकले घटेर एक हजार ४४१.२० मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक १५.१७ अंकले घटेर ३०८.८७ मा पुगेको छ।

आज कूल १७४ कम्पनीका ६७ लाख ७१ हजार १४१ कित्ता शेयर रु दुई अर्ब ९० करोड ८४ लाख ७२ हजार ६०३ मा खरिद बिक्री भयो। आज कारोवार भएका कूल १२ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ६०.९७, व्यापार २.९७, होटल ८०.०४, विकास बैंक ७२.१४, जलविद्युत् २९.९६, फाइनान्स १४.१, निर्जीवन बीमा ४०६.९५, उत्पादन ८८.६७, अन्य २८.५, माइक्रोफाइनान्स १४८.२५, जीवन बीमा ४५६.९६ र सामूहिक लगानी कोषको ०.१२ अंकले ओरालो लागेको छ।

कारोवार रकमका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु २६ करोड ६६ लाख ३२ हजार ८८१ मा खरिद बिक्री भयो। एनएमबी बैंकको रु १३ करोड ८९ लाख ३७ हजार ११९, हिमालनय डिष्टिलरीको रु १३ करोड २२ लाख पाँच हजार ७८, एनआइसी एशिया बैंकको रु १३ करोड एक लाख तीन हजार ५०८ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको शेयर रु १० करोड छ लाख २८ हजार १११ मा खरिद बिक्री भयो।

बजार घटे पनि सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.१७ प्रतिशतले कमाए। यस्तै रिलायन्स फाइनान्स ५.०४, लक्ष्मी भ्यालु फण्ड–एक १.९०, स्वरोजगार लघुवित्त विकास बैंक १.६२, साल्ट ट्रेडिङ कर्पोरेशन ०.८५ र मल्टिप्रपोज फाइनान्स कम्पनीका शेयरधनीले ०.७९ प्रतिशतले कमाए।

आज सबैभन्दा बढी नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, स्वदेशी लघुवित्त वित्तीय संस्था र कालिका माइक्रोक्रेडिट डेभलपमेन्टका शेयरधनीले समान १०-१० प्रतिशतले गुमाए।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ७ : ०७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै