शेयर बजार नेप्से ६८ अंकले घट्यो  « Khabarhub

शेयर बजार नेप्से ६८ अंकले घट्यो 


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा आज नेप्से परिसूचकमा भारी गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ६८.४७ अंकले घटेर एक हजार ४४१.२० मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक १५.१७ अंकले घटेर ३०८.८७ मा पुगेको छ।

आज कूल १७४ कम्पनीका ६७ लाख ७१ हजार १४१ कित्ता शेयर रु दुई अर्ब ९० करोड ८४ लाख ७२ हजार ६०३ मा खरिद बिक्री भयो। आज कारोवार भएका कूल १२ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ६०.९७, व्यापार २.९७, होटल ८०.०४, विकास बैंक ७२.१४, जलविद्युत् २९.९६, फाइनान्स १४.१, निर्जीवन बीमा ४०६.९५, उत्पादन ८८.६७, अन्य २८.५, माइक्रोफाइनान्स १४८.२५, जीवन बीमा ४५६.९६ र सामूहिक लगानी कोषको ०.१२ अंकले ओरालो लागेको छ।

कारोवार रकमका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु २६ करोड ६६ लाख ३२ हजार ८८१ मा खरिद बिक्री भयो। एनएमबी बैंकको रु १३ करोड ८९ लाख ३७ हजार ११९, हिमालनय डिष्टिलरीको रु १३ करोड २२ लाख पाँच हजार ७८, एनआइसी एशिया बैंकको रु १३ करोड एक लाख तीन हजार ५०८ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको शेयर रु १० करोड छ लाख २८ हजार १११ मा खरिद बिक्री भयो।

बजार घटे पनि सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.१७ प्रतिशतले कमाए। यस्तै रिलायन्स फाइनान्स ५.०४, लक्ष्मी भ्यालु फण्ड–एक १.९०, स्वरोजगार लघुवित्त विकास बैंक १.६२, साल्ट ट्रेडिङ कर्पोरेशन ०.८५ र मल्टिप्रपोज फाइनान्स कम्पनीका शेयरधनीले ०.७९ प्रतिशतले कमाए।

आज सबैभन्दा बढी नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, स्वदेशी लघुवित्त वित्तीय संस्था र कालिका माइक्रोक्रेडिट डेभलपमेन्टका शेयरधनीले समान १०-१० प्रतिशतले गुमाए।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ७ : ०७ बजे

जेन–जी अभियन्ताद्वारा मानव अधिकार आयोगलाई प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानका अभियन्ताहरूले आज राष्ट्रिय मानव अधिकार

प्रधानमन्त्री भारत जाने मिति तय भइसकेको छैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, कारोबार कति ?

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको

संसदीय समितिले दिएको निर्देशन र सुझावको कार्यान्वयनमा जोड

काठमाडौं– राष्ट्रिय सभा सदस्यहरूले संसदीय समितिहरूले दिएको निर्देशन र सुझावहरूको

मुस्ताङका किसानलाई मौरीसहितका घार वितरण

मुस्ताङ– यहाँका किसानलाई आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले अनुदान सहयोगमा मौरीसहितका