प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरेका डाक्टरको अनुभव– अपरेशनको अघिल्लो रात निदाउनै सकिनँ « Khabarhub

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरेका डाक्टरको अनुभव– अपरेशनको अघिल्लो रात निदाउनै सकिनँ


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ । प्रधानमन्त्री ओलीलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी हुन् ।

बुधबार बिहान १० बजेदेखि शल्यक्रिया कक्षमा लगिएका प्रधानमन्त्री ओलीको ५ घण्टाको अवधिमा मिर्गौलाको सफल प्रत्यारोपण गरिएको हो ।

त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर प्रेम ज्ञवालीको नेतृत्वमा १६ जना चिकित्सकको टोलीले प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपण गरेको हो ।

चिकित्सकीय टोलीको नेतृत्व गरेको डा ज्ञवाली ले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्दाको आफ्नो अनुभव खबरहबसँग साटेका छन् ।

बुधबार साँझ खबरहबसँग संक्षिप्त कुराकानी गर्दै डा ज्ञवालीले प्रधानमन्त्रीको अपरेशन गर्नु अगाडिको राति (मंगलबार राति) आफूलाई निद्रा नै नपरेको सुनाए । ‘अपरेशन हुने दिनको अघिल्लो रात सुत्न पाइन, के होला कसो होला भन्ने तनाव हुन्छ । अपरेशन राम्रो होला, नहोला ! सबै अपरेशन शतप्रतिशत सफल हुन्छन् भन्ने हुँदैन,’ डा ज्ञवालीले आफ्नो अनुभव सुनाउँदै खबरहबसँग भने ।

डा ज्ञवालीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्दाको अनुभव यसरी सुनाए–

१९ गते भर्ना भएपछि उहाँ (प्रधानमन्त्री ओली)लाई आवश्यक पर्ने इन्भेस्टिगेशन सबै गर्‍यौं । इन्भेस्टिगेशन गर्दाखेरि उहाँमा मिर्गौला प्रत्यारोपण गर्न मिल्ने देखियो ।

विदेश (भारत)बाट पनि चिकित्सक मगाइयो, हामीसँग क्षमता नभएर होइन, ब्याकअपका रुपमा । उहाँ एकजना बिरामी मात्रै हैन, हाम्रो देशको प्रधानमन्त्री पनि हो ।

अपरेशन शुरु गर्नुभन्दा अगाडिसम्म हामी एकजना विशेष व्यक्ति, देशको कार्यकारी प्रमुखको अपरेशन गर्दै छौं भन्ने ‘फिलिङ’ आयो । तर, जब अपरेशन शुरु गर्‍यौं त्यसपछि सबै नर्मल नै भयो ।

अपरेशन हुने दिनको अघिल्लो रात भने सुत्न पाइनँ, के होला कसो होला भन्ने तनाव हुन्छ । अपरेशन राम्रो होला, नहोला ! सबै अपरेशन शतप्रतिशत सफल हुन्छन् भन्ने पनि हुँदैन । तैपनि हामी सर्जनहरुका लागि त्यो एउटा डेली रुटिन जस्तै हो ।

अपरेशन सफल हुन्छ भन्ने विश्वास थियो । भयो पनि । अपरेशन सफल हुँदा त्यति धेरै एक्साइटेड त भएनौं । तर, प्रधानमन्त्रीले हामीमाथि गरेको विश्वासले गौरवान्वित महसुस गरायो ।

देशको कार्यकारी प्रमुखले आफ्नै देशको अस्पताल, आफ्नै देशका चिकित्सकलाई विश्वास गर्दा आम नागरिकमा पनि हाम्रा डाक्टरहरु सक्षम छन्, अस्पताल राम्रो छ भन्ने सकारात्मक सन्देश प्रवाह भयो ।

मिर्गौला प्रत्यारोपण सम्पन्न भएपछि अहिले उहाँ होसमा पनि आइसक्नु भएको छ । सामान्य कुराकानी (संवाद) गर्नसक्ने अवस्थामा हुनुहुन्छ । होसमा आउँदा हामीले उहाँलाई हजुरको अवस्था कस्तो छ भनेर सोध्यौं । उहाँले राम्रो छ भनेर जवाफ दिनुभयो ।

अहिलेसम्मको प्रक्रियामा उहाँको स्वास्थ्य अवस्था सबै नर्मल छ । स्वास्थ्यस्थिति स्थिर रह्यो भने पर्सी (शुक्रबार)सम्म उहाँमा प्रत्यारोप गरिएको (नयाँ) मिर्गौलाले नर्मल ब्लड प्रवाह गर्छ ।

भनेअनुसार गयो भने हामीले उहाँलाई सोमबारसम्म डिस्चार्ज गर्छौं ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ७ : ५४ बजे

रसुवागढी जलविद्युत् आयोजना अस्थायी रूपमा बन्द

रसुवा– ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो मिसिएको

विश्वकप सेमिफाइनलअघि अर्जेन्टिनी खेलाडीको विवादित गायन: ‘फकल्यान्डका लागि इंग्ल्यान्डलाई हराउँछौँ’

काठमाडौँ – विश्वकपको सेमिफाइनलमा साविक उपविजेता अर्जेन्टिना र इंग्ल्यान्डबीचको भेट

पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु

बागलुङ– बागलुङमा घरको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको छ

फिल्म ‘गौँथली’ : डाक्टरको एक्सन कट, फेरि टिकट किन्ने कुरा !

काठमाडौँ- डा. भोला रिजाल पेसाले चन्द चिकीत्सक हुन् । बेलायतमा

कसरी चल्दैछ बालेन सरकार ? थिति बसाल्दैछ कि बेथितिको सुरुवात ?

काठमाडौँ – फागुन २१ गते भएको निर्वाचनमार्फत् झण्डै दुई तिहाई